२२ माघ २०८२

प्रदेश

पर्यटन तथा व्यापार मेला हुने

कञ्चनपुर, २१ असोज,,   कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ । ‘कृषि पर्यटन उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ भन्ने नारासहित बेलौरी उद्योग वाणिज्य सङ्घले मेलाको आयोजना गर्न लागेको हो । कात्तिक ८ देखि १८ गतेसम्म आयोजना हुने मेलामा स्थानीय...बाँकी अंश →


सिङ्गटी जलविद्युत् आयोजनाको ‘बे्रक थु्र’

जिरी, २१ असोज,,   दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताउनुभयो । पहिलो ब्रेक...बाँकी अंश →


मोबाइल फोनबाट रक्त सेवा शुरु

रोल्पा, २१ असोज ,,   समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ । रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो । जिल्लामा ब्लड बैंक नहँुदा अप्रेशनको समयमा चाहिने रगत खोज्न...बाँकी अंश →


ट्याक्टर दुर्घटना हँुदा एकको मृत्यु

सिन्धुली, २१ असोज ,,   सिन्धुलीको कमलामाई नगरपालिकाको भित्री सडकमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा ट्याक्टरमा सवार रहेका कमलामाई नगरपालिका–५ निवासी २१ वर्षीय रमेश घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी शाहले जानकारी दिनुभयो । कमलामाई नगरपालिका–५ सिलामेबाट सिन्धुलीमाडीतर्फ आउँदै...बाँकी अंश →


स्थानीय तहमा सहकारी ऐन नबन्दा समस्या

बैतडी, २१ असोज,,   बैतडीका स्थानीय तहहरूले समयमै सहकारी ऐन बनाउन नसक्दा सहकारी संस्था अलमलमा परेका छन् । डिभिजन सहकारी कार्यालय खारेज भएसँगै कार्यालयले सबै स्थानीय तहमा सहकारी हस्तान्तरण गरेको भए पनि सहकारी ऐन, कानून र कर्मचारीको अभावमा सहकारीसम्बन्धी काम अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन् । केही स्थानीय तहले...बाँकी अंश →


अन्नपूर्णका विद्यालयमा ‘टेलिटिचिङ’

म्याग्दी, २१ असोज,,    अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ । विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने ‘टेलिटिचिङ’ शुरु गरिएको हो । गाउँपालिकाको आर्थिक, सूचना प्रविधिका...बाँकी अंश →


स्वास्थ्य चौकी मा प्रयोगशाला

रुपन्देही  मर्चवार ।२१ असोज,,  २०५६ साल मा असुरैना उप स्वास्थ्य चौकी स्थापना भएको यश स्वास्थ्य चौकी ले नियमित रुप मा खोप सेवा,पोषण सेवा,परिवार नियोजन सेवा,गर्भवती ,सुत्केरी जाँच,क्षयरोग,कुष्ठ रोग,अौलो लगायत समान्य उपचार सेवा संचालन गर्दै आए को थियो।जुन एक जना व्यक्ति को घर बाट सेवा दिइन्थ्यो।२०६८ साल मा तत्कालीन असुरैना गा...बाँकी अंश →


पाठेघरको सफल शल्यक्रिया

नवलपरासी, २१ असोज,,   पश्चिम नवलपरासी जिल्लाको परासीस्थित जिल्ला पृथ्वी चन्द्र अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पतालबाटै पाठेघरको शल्यक्रिया (अप्रेसन) सेवासमेत सञ्चालन भएको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा अनन्त शर्माले जानकारी दिनुभयो । केही दिनअघि ४० वर्षीया सुभावतीदेवी थारूको शल्यक्रिया गरी पाठेघर झिकिएको अस्पतालले जनाएको छ ।...बाँकी अंश →


बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरकै बौद्ध अध्ययन केन्द्र बनाउनुपर्ने

काठमाडौँ, २१ असोज ,,   विसं २०६१ मा स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको छोटो समयमा प्रकाण्ड बौद्धविद्धान उत्पादन गर्ने महत्वपूर्ण केन्द्रको रूपमा अघि बढेको छ । सरकारबाट सो विश्वविद्यालय स्थापना भएको लामो अवधिसम्म पनि एउटा सानो भवनबाट सञ्चालन भई आएको र थोरै बजेटका बाबजुद पनि यो विश्वविद्यालय १४ वर्षको अवधिमा...बाँकी अंश →


प्रदेश नामाकरणबारे छलफल

इटहरी, २१ असोज ,,   नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ । प्रदेशको उपयु्क्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दावलीलाई लिनुपर्नेमा विषयविज्ञ वक्ताहरूले आ–आफ्नो तर्क...बाँकी अंश →


विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

काठमाडौँ, २१ असोज,,   विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिक २७ गतेदेखि धनगढीमा हुने भएको छ । सुदूरपश्चिम प्रदेश आर्थिक, सामाजिक र पहुँचको हिसाबले पछाडि परे पनि खेलकूद क्षेत्रमा यो प्रदेशले आफ्नो छुट्टै पहिचान बोकेको भन्दै धनगढीमा राष्ट्रव्यापी खेलकूद प्रतियोगिताको आयोजना गरिएको आयोजक कमिटीले जनाएको छ । शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत...बाँकी अंश →


बालक बेपत्ता

चितवन, २० असोज,,  भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन् । उनले विद्यालय लगेको झोला र सर्ट आज नारायणी नदी किनारमा फेलापरेको छ । प्रहरीले बालक नदीमा बेपत्ता भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शुक्रबार परीक्षा दिन स्थानीय भानु माध्यमिक विद्यालयमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter