०९ असार २०८३

प्रदेश

एक महीने महिला हिंसाविरुद्धको अभियान

इलाम, २२ असोज,,   जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महीने अभियानअन्तर्गत जिल्लाका ३५५३ जनालाई महिला तथा बालिका हिंसा र यसबाट पर्ने असरबारेमा जानकारी गराइएको छ । जिल्लाका स्थानीय तहका २१ विद्यालयमा विविध कार्यक्रमसहित यसबाट पर्ने असरबारेमा जानकारी गराइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित जिल्लामा क्रियाशील २० सङ्घसंस्थाको...बाँकी अंश →


गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ ,, महानिरीक्षक खनाल

काठमाडौँ, २१ असोज,,   प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताउनुभएको छ । प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आज यहाँ आयोजित समापन कार्यक्रममा उहाँले जनताले प्रहरीप्रति आशा र भरोसा गरेकोले जनचाहनाअनुसार सेवा प्रदान गर्नुपर्ने बताउनुभयो...बाँकी अंश →


किसान मर्कामा

दाङ २१ असोज,,   हिउँदे आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् । तुलसीपुर बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन् । तुलसीपुर बजारमा आलुको बीउ किन्न आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–७ का ४० वर्षीया ममता रेग्मीले...बाँकी अंश →


सीमामा नागरिक सहायता कक्ष सञ्चालन हुँदै

धनगढी, २१ असोज,,   सुदूरपश्चिम प्रदेशमा नेपालबाट भारत जाने र भारतबाट नेपाल भित्रिनेनेपालीको लगत अध्यावधिक गर्ने योजना अघि बढाउन लागिएको छ । प्रदेश सरकारले भारतसँग सीमा जोडिएका केही नाकामा नागरिक सीमा सहायता कक्ष सञ्चालन अघि बढाउन लागेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले राससलाई बताउनुभयो । ‘‘आफ्ना नागरिकको अभिलेख राख्न प्रदेश...बाँकी अंश →


बालविवाहको पीडामा किशोरीहरु

बुटवल, २१ असोज,,  रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित पडेरीयाकी प्रमिला हरिजन (नाम परिवर्तन) को ८ वर्षको कलिलो उमेरमा बाबुआमाले विवाह गरिदिए । विवाहपछि पाँच वर्षका लागि माइतीमै बसेकी हरिजनले गौना जानासाथ पढाइ पनि छाडिन् । रुपन्देहीकै मर्चहवाका युवकसँग सानैमा बिहे भएकाले आफूलाई मन नपरेको भन्दै श्रीमान् अर्को विवाह गरेर भागिदिए र...बाँकी अंश →


कुखुरापालनमा बीस अर्ब बाहिरिँदै

चितवन, २१ असोज,,   कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा तिलचन्द्र भट्टराईकाअनुसार दानाका...बाँकी अंश →


पत्रकारको न्यूनतम परिश्रमिक २५ प्रतिशत वृद्धि

काठमाडौँ, २१ असोज,,   सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो । आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले...बाँकी अंश →


हरिभवनको पुनः निर्माण गर्न समस्या छैन ,, प्रमुख शाक्य

काठमाडौँ, २१ असोज,,   काठमाडौँ महानगरपालिकाले तत्कालीन बाघदरबार हालको (हरिभवन) को पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ । हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । “यो बाघदरबार होइन, हरिभवन हो, सय वर्ष नपुगेकोले यो पुरातात्तित्क होइन , त्यही भएर यसलाई नभत्काउनु पर्ने कुनै कारण...बाँकी अंश →


स्याउको आयात बढ्यो

रसुवा, २० असोज,,   बडादशैँका लागि फलफूलको यथेस्ट व्यवस्था गर्न व्यवसायीले सामानको साथसाथै स्याउ आयात गर्न थालेका छन् । गत साउन–भदौमा स्याउ न्यून रुपमा आयात भएको थियो । असोज लागेपछि स्याउको आयात बढ्दै गएको छ । दैनिक १२ देखि १५ ट्रक स्याउ आयात गर्न थालिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ...बाँकी अंश →


मनसुन बाहिरिएसँगै चिसो बढ्यो

काठमाडौँ, २१ असोज ,,   बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यो समयमा पश्चिमीचिसो वायुको प्रभाव कायम रहन्छ ।...बाँकी अंश →


रामग्राममा सिमेन्ट उद्योग

नवलपरासी, २१ असोज ,,  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ जमुवाडमा जगदम्बा सिमेन्ट उद्योग सञ्चालनको काम शुरु भएको छ । करीब रु तीन अर्बको लागतमा पाँच बिघा क्षेत्रफलमा स्थापना हुन लागेको सो उद्योगका लागि आवश्यक जग्गा खरीद गरी अहिले पर्खाल निर्माणको काम भइरहेको छ । वातावरण प्रदूषणलाई ध्यानमा राखेर उपकरण जडान गरिने...बाँकी अंश →


वायरलेससहितको इन्टरनेट

दार्चुला, २१ असोज,,   दुहूँ गाउँपलिकामा बिनातार वायरलेससहितको इन्टरनेट सेवा उपलब्ध गराइएको छ । गाउँपालिकाले चालू आवकोे बजेटमा गाउँपालिका, वडा तथा विषयगत कार्यालयमा इन्टरनेट जडानका लागि रकम छुट्याएको थियो । गाउँपालिकाको नियमित कामकाजमा सहज गराउने उद्देश्यले शिखर नेट प्रालिसँगको सहकार्यमा इन्टरनेट जडान गरिएको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter