बुधबार, ०२ जेठ २०८१

स्वास्थ्य चौकी मा प्रयोगशाला

२१ आश्विन २०७५, आईतवार १०:४५ मा प्रकाशित

रुपन्देही  मर्चवार ।२१ असोज,,  २०५६ साल मा असुरैना उप स्वास्थ्य चौकी स्थापना भएको यश स्वास्थ्य चौकी ले नियमित रुप मा खोप सेवा,पोषण सेवा,परिवार नियोजन सेवा,गर्भवती ,सुत्केरी जाँच,क्षयरोग,कुष्ठ रोग,अौलो लगायत समान्य उपचार सेवा संचालन गर्दै आए को थियो।जुन एक जना व्यक्ति को घर बाट सेवा दिइन्थ्यो।२०६८ साल मा तत्कालीन असुरैना गा वि स वार्ड नं.३ पचपेडवा बस्ने दानविर सत्यनारायण केवट ले हे० पो० को नाम मा ०-१-२ धुर जग्गा पास गर्नु भयो।त्यस जग्गामा हे०पो० इन्चार्ज फेकन शाह को विशेष सकिृयता मा अत्याधुनिक दुई तल्ले भवन निर्माण भए र २०७० साल माघ १ गते देखि २४ सै घण्टा सुत्केरी सेवा को शुरुवात भयो।त्यस कार्य का लागि हे०पो०इन्चार्ज कै सकिृयता मा स्थानिय जनसमुदाय ले १ दिन मै १ लाख ७ हजार चन्दा संकलन गरेर १५ दिन भित्र सुत्केरी सेवा संचालन मा ल्याए का थिए।सो सेवा बाट मासिक ३०-३५ जना ले सेवा लिने गरे का छन्।र यश हे०पो० को सेवा क्षेत्र भित्र घरमा हुने सुत्केरी शून्य भैसकेको छ।हाल सम्मा यश स्वास्थ्य चौकी मा १०७२ जना ले सुत्केरी सेवा लिएको छ।यश बाहेक ३५ जना लाई u.c.m.s.र भिम अस्पताल भैरहवा मा रेफर गरेको तथ्यांक रहेको छ।सो सेवा को अपार सफलता पछि हे०पो०इन्चार्ज फेकन शाह को विशेष अगुवाइ मा सम्मरी माइ गा०पा० ले ल्याव सेवा संचालन गर्नको लागि बजेट तथा कर्मचारी व्यवस्थापन गरि मिति २०७५/०६/१८ गते असुरैना स्वास्थ्य चौकी मा सम्मरी माइ गाउ पालिका का मेयर जितेन्द्र नाथ शुक्ला (बब्लु) को प्रमुख अतिथि मा ल्याव सेवा समुदघाटन गर्दै आफनो रगत परिक्षण गराए का थिए।कार्यक्रम मा बोल्दै बब्लु ले स्वास्थ्य चौकी का व्यवस्थापन समिति लाई र स्वास्थ्य चौकी मा खटिएका स्वास्थ्यकर्मी हरु लाई शुभकामना र धन्यवाद दिदै, २ बर्ष भित्रमा १५ वटा विरामी बेड को व्यवस्था मिलाउने लाई प्रतिबध्यता समेत दिएका थिए।र अाफुले सम्मरी माइ गा०पा० को हरेक बिद्यालय मा पुगि शिक्षा क्षेत्रको अनुगमन गरिरहेको वताए। स्वागत मन्तव्य :-कार्रत अनमी देविका पाण्डे ले गर्नु भए को थियो। कार्यक्रम का अध्यक्ष :- हे०पो०इन्चार्ज फेकन शाह प्रमुख अतिथि:-जितेन्द्र नाथ शुक्ला अतिथि:-गा०पा० प्रमुख प्रशासकिय अधिकृत टुक राज पाण्डे,वडा अध्यक्ष सत्यनारायण केवट,संगिता पौडेल,सुमित्र थापा,गोरख भुज,धर्मेन्द्र यादव,दिनानाथ शाह,।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter