०९ चैत २०८२

प्रदेश

तेब्बर भाडा असुल्दै सवारी,यात्रुलाई सास्ती

तेह्रथुम, ७ कात्तिक (रासस) ः चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न...बाँकी अंश →


नदी किनारमा महिलाको शव फेला

दमौली, ७ कात्तिक,,   तनहुँको दमौलीस्थित मादी नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन् । व्यास नगरपालिका–३ शान्ति नगरको भिरमुनी मादी नदी किनारमा भारत सीतामणि घर भई हाल व्यास नगरपालिका–२ बस्ने ४० वर्षीया अब्दुल मिया मृतावस्थामा फेला परेकी हुन् । मङ्गलबार बिहान मर्निङवाकमा निस्किएकी मिया बेपत्ता भएपछि खोजतलास...बाँकी अंश →


गाँजाखेती नष्ट

इनरुवा, ७ कात्तिक ,,   सुनसरी जिल्ला प्रहरी कार्यालयले मङ्गलबारदेखि गाँजाखेती नष्ट गर्न थालेको छ ।सुनसरीमा व्यापक रूपमा गाँजाखेती भइरहेको सूचनाका अधारमा उक्त खेती नष्ट गरिएकोे प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । सीमा प्रहरी चौकी भाण्टाबारीबाट गएको प्रहरी टोलीले मङ्लबार कोशी गाउँपालिका–४ खत्वे र ७ मा रहेको मेहतामा लुकाइछिपाइ...बाँकी अंश →


बाह्र सय वर्ष पुरानो गुम्बा जीर्णोद्धार

म्याग्दी, ७ कात्तिक,,   मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा रहेको एक हजार २५० वर्ष पुरानो नर्सिङ गुम्बा जीर्णोद्धार गरिएको छ । रु दुई करोड ८५ लाखको लगानीमा गुम्बा जीर्णोद्धार गरिएको मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष हीराबहादुर ठकुरी (वाङवेल लामा)ले जानकारी दिनुभयो ।जीर्णोद्धारका लागि पुरातत्व विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,...बाँकी अंश →


प्रहरी प्रवक्तामा सुवेदी

काठमाडौँ, ७ कात्तिक ,,   नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई दिइएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मङ्गलबार राति नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्नुभएको हो । यसअघि प्रवक्ता हुनुभएका शैलेश थापा क्षेत्री प्रहरी...बाँकी अंश →


१७ महीनापछि हवाई उडान

मुसिकोट, ७ कात्तिक ,,   रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ । सत्र महीनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन बुधबार र बिहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । उहाँका...बाँकी अंश →


उत्कृष्ट जनज्योति विद्यालय

कञ्चनपुर, ७ कात्तिक,,   कक्षा शुरु हुनुअगावै शिक्षक तथा विद्यार्थीका हातहातमा कुचो र थैला देखिन्छन् । विद्यालय परिसरमै केही खोज्दै गरेको दृश्य सधैँ निरन्तर दोहोरिरहन्छ । शिक्षक विद्यार्थी मिलेर विद्यालय परिसरमा झरेका रुखका पात, कसिङ्गर बटुल्दै निश्चित स्थानमा फाल्न सधैँ नियमित यस्तो कार्यमा सहभागी हुने गरेका हुन् । विद्यालयलाई सफासुग्घर राख्न...बाँकी अंश →


उद्यमशील बन्दै महिला

काठमाडौँ, ७ कात्तिक,,   चितवन–भरतपुर महानगरपालिका–१७ की अनिता थापाले बङ्गुर पालन र अदुवाखेतीबाट मासिक करीब रु ६० हजार आम्दानी गर्नुहुन्छ । दलित महिला उत्थान सङ्घ (एड्वान) को आर्थिक सहयोगमा अनिताले बङ्गुर पालन व्यवसायसँगै भुइकटहर, अदुवा, बेसार र मौसमअनुसारका तरकारी खेतीसमेत गर्दै आउनुभएको हो । “बङ्गुर मासुको लागि बिक्री हुन्छ, बङ्गुरको एउटा...बाँकी अंश →


गाउँपालिकाको प्रशासनिक भवन निर्माण

नवलपरासी, ७ कात्तिक,,   पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्न थालिएको छ । रु आठ करोड ३५ लाखको लागतमा आगामी दुई वर्षभित्र सो भवन निमार्ण गरिने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताउनुभयो । भैरहवास्थित प्राकृतिक निर्माण सेवाले ठेक्का लिएको सो भवनमा ४८ वटा कोठा हुने प्रमुख प्रशासकीय अधिकृत...बाँकी अंश →


निषेधाज्ञा हटाइयो

कपिलवस्तु, ६ कात्तिक,,   कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । स्थानीयवासी युवाबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि पटक पटक लगाउँदै निषेधाज्ञा लगाउँदै आएको थियो । कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति...बाँकी अंश →


विद्युट चुहावट हुँदा गाडीमा आगलागी

भद्रपुर, ६ कात्तिक ,,   ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा गाडीकै विद्युत् चुहावट भई आगलागी भएको हो । बिहान १०ः३० बजे एक्कासी गाडीमा आगो दन्किएको स्थानीयवासीले देखेपछि...बाँकी अंश →


दुई महीनामा स्मार्ट कार्ड पाउने

काठमाडौँ, ६ कात्तिक,,   यातायात व्यवस्था विभागले एक वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षा गरिरहेकालाई छिटो सेवा उपलब्ध गराउने उद्देश्यले निजी कम्पनीलाई छाप्ने जिम्मेवारी दिएको छ । मालिका इन्कर्पोरेट लिमिटेडलाई ट्रायल परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा बसेका सेवाग्राहीलाई चालक अनुमति पत्र दिने उद्देश्यले विभागले यो सम्झौता गरेको हो । पाँच लाख बढी सेवाग्राहीले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter