
काठमाडौँ, ८ कात्तिक ,, राष्ट्रिय समाचार समितिमा करीब दुई दशकदेखि कार्यरत सवारी चालक चन्द्रलाल श्रेष्ठको आज बिहान निधन भएको छ । कलेजोको समस्याले पीडित श्रेष्ठको मीनभवनस्थित निजामती सेवा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०२६ मा सिन्धुपाल्चोकको सिपावाडे गाउँमा जन्मनुभएका उहाँका श्रीमती, तीन छोरी र...बाँकी अंश →

काठमाडौँ, ८ कात्तिक,, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भाई फरार रहेको एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पुनरावेदन अदालतले २०५७ साल पुस २१ गते अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा ललितपुर जिल्ला धापाखेल गाविस–९ का रामकुमार खड्कालाई रु एक करोड तेइस लाख...बाँकी अंश →

चितवन, ८ कात्तिक,, चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो ।...बाँकी अंश →

अछाम, ८ कात्तिक,, अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् । जिल्लाको मङ्गलसेनबाट जयगढतर्फ गइरहेको से१ज ८०४ नं...बाँकी अंश →

कञ्चनपुर, ८ कात्तिक,, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का दुई युवालाई मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्ष १९ का जीवन धानुक र वर्ष २१ का दिप्पु भनिने दिपेश बोहरा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । स्थानीय रुकुमसिंह ठगुन्नाको पल्सर मोटरसाइकल र...बाँकी अंश →

वालिङ, ८ कात्तिक ,, असिनापानीले स्याङ्जामा रु दुई करोड बढीको सुन्तला नष्ट भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनले सङ्कलन गरेको क्षति विवरणअनुसार जिल्लाको पुतलीबजार नगरपालिकाका वडा नं १०, ११, १३ र १४ एवं भीरकोट नगरपालिकाको १ नं वडामा गरी कूल ५०९ मेट्रिकटन सुन्तला नष्ट...बाँकी अंश →

सुरुङ्गा, ८ कात्तिक ,, अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →

दमौली, ७ कात्तिक ,, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेशलाई उज्यालो बनाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिकाले आज पोखरीछापमा आयोजना गरेको विकास निर्माणसम्बन्धी छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “विद्युत् नपुगेका गाउँमा दुई वर्षभित्र विद्युत् पु¥याउने सरकारको लक्ष्य छ ।” मन्त्री गुरुङले दुई वर्षभित्र...बाँकी अंश →

कपिलवस्तु ७ काठमाडौँ । कपिलबस्तुको कृष्णनगर नगरपालिका कृष्णनगरमाशुक्रबार रातिमाँँदुर्गाको मूर्ति बिसर्जनको कार्यक्रमथियो । मूर्ति बिसर्जनको लागि पुरानो थाना रोडबाट कृष्णनगर नगरपालिका वडा नं. २ मदिनामस्जिद अगाडि हुदै पुरै बाजार भित्र परिक्रमा गरी शिवानगर पोखरीमाबिसर्जन गर्ने तैयारीमाआयोजकहरु थिए । तर मदिनामस्जिद अगाडि मुर्ति लिएर आएपछि समाजका केहीअसमाजिकव्यक्तित्वहरुले बिसर्जनको क्रममामस्जिदमाथि ढुंगा मुढा...बाँकी अंश →

बेँसीशहर, ७ कात्तिक ,, चक्रीय अन्नपूर्ण पदमार्ग घुम्न जानुभएका पोखरा–३३ का नेपाली काङ्ग्रेसका नेताको आज मृत्यु भएको छ । मनाङको तिलिचो ताल घुम्न जानुभएका करीब ३५ वर्षीय सरोज अधिकारीको लेक लागेर मृत्यु भएको हो । अधिकारी पोखरा–३३ मा काङ्ग्रेसका सहसंयोजक तथा साविक लेखनाथ नगरपालिका–१७ का सभापति हुनुहुन्छ । तिलिचो तालमा...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक,, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला हकहितलाई उच्च महत्व दिँदै उनीहरुको सशक्तीकरणमा जोड दिएको बताउनुभएको छ । जेनेभामा मङ्गलबार महिलाविरुद्धका भेदभाव उन्मूलन समितिको ७१औँ बैठकमा नेपालको छैटौँ आवधिक प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताउनु भएको हो । उहाँले महिला अधिकार संरक्षण र...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक,, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारका रुपमा स्थापित गरी यसको संरक्षण गर्न नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुआइपिओ) का महानिर्देशक फ्राङ्सिस गुरीसँग मङ्गलबार अपराह्न जेनेभामा भएको भेटवार्ताका क्रममा उहाँले बौद्धिक सम्पत्तिसम्बन्धी पूराना कÞानूनको पुनर्विचार गर्दै राष्ट्रिय...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: