
काठमाडौँ, ७ कात्तिक,, नेवार समुदायले नखत्या भ्वय् (भोज ) गर्दै आफ्नो सबभन्दा ठूलो चाड मौलिक मोहनी नखः सकाएको छ । मोहनी सिन्ह(टीका)लाई विशेष महत्व दिइने मोहनी नखः काठमाडौँ, ललितपुर, भक्तपुरसहित दोलखा, पाल्पा, पर्सा आदि स्थानलगायत कामका लागि अमेरिका, बेलायत, जापान आदि विभिन्न मुलुकमा बसोबास गर्ने नेवार समुदायले मनाएको हो ।...बाँकी अंश →

खोटाङ, ७ कात्तिक ,, तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम थालिएको हो । आगामी १८ महीनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ...बाँकी अंश →

भोजपुर, ७ कात्तिक,, छिमेकीको दाउराको चिर्पट प्रहारबाट षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ । पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढिलो गरी प्राप्त समाचारअनुसार चिर्पट प्रहारबाट गम्भीर...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक ,, नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा...बाँकी अंश →

ललितपुर, ७ कात्तिक,, ललितपुर महानगरपालिकाले थप भएका वडामा ढल व्यवस्थापन गर्ने भएको छ । महागरपालिकामा गाभिएका साविक गाविसमा सडक र त्यस आसपासमा जथाभावी फोहर हुँदा महानगरपालिकाले ढल व्यवस्थापनको योजना बनाएको हो । ढल व्यवस्थापनका लागि यस वर्षको बजेटमा रु १० करोड बजेट छुट्टाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । कतिपय...बाँकी अंश →

कुश्मा, ७ कात्तिक,, फलेवास नगरपालिका निवासी २० वर्षीय एक युवक स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनी एचआइभी सङ्क्रमित युवा हुन् । उनी यसबारे कसैसँग पनि खुलेर कुरा गर्न चाहँदैन । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि समाजले आफूप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्छ भन्ने डरले उनी खुल्न नसकेको हुन्...बाँकी अंश →

ओखलढुङ्गा, ७ कात्तिक,, ओखलढुङ्गामा दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने १०० सवारीसाधन कारवाहीमा परेका छन् । दशैँको मौका छोपेर क्षमताभन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधन कारवाहीमा परेका हुन् । नियम उलङ्घन गर्ने सवारी चालकलाई अनुशासन र नियम सिकाउँदै जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज कुमार फुयाँलले बताउनुभयो । उहाँका अनुसार सदरमुकामबाट...बाँकी अंश →

बागलुङ, ७ कात्तिक,, तिहारको समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई झिनियाँ बनाउन भ्याइनभ्याइ भएको छ । बागलुङका घरेलु उद्यमीहरुले तयार गर्ने झिनियाँ रोटीको माग बागलुङलगायत अन्य ठाउँबाट पनि आउन थालेपछि झिनियाँ रोटी बनाउन भ्याइनभ्याइ भएको हो । नेपाली समाजमा तिहारको भाइटिकामा सप्तरङ्गी झिनियाँ कोसेलीको...बाँकी अंश →

जुम्ला, ७ कात्तिक ,, कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ...बाँकी अंश →

पर्वत, ७ कात्तिक,, विनाशकारी भूकम्पले क्षति पुगेको भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाएकालाई रकम फिर्ता लिन ताकेता गरिएको छ । अहिलेसम्म पनि घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको हो । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका...बाँकी अंश →

लमही, ७ कात्तिक ,, यातायात व्यवस्था कार्यालय राप्ती दाङले करीब चार लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण गरेको छ । कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको प्रमुख मित्रलाल ढकालले बताउनुभयो । यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने...बाँकी अंश →

पर्वत, ७ कात्तिक,, यहाँको एक विकट गाउँमा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन् । पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा स्थानीय चार भञ्याङ सेवा केन्द्रले सञ्चालन गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले सर्वसुलभ रुपमा उपचार सेवा पाएका हुन् । ग्रामीण क्षेत्रमा इन्टरनेटको माध्यमबाट बेलायतमा रहेका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: