१२ असार २०८३

प्रदेश

दुहबीमा ५० वर्षीय फिदा हुसेनको गोली हानी हत्या

इनरुवा, ५ मङ्सिर ,,   सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको...बाँकी अंश →


लैङ्गिक हिंसाविरुद्ध अभियान

पोखरा, ५ मङसिर,,  पछिल्लो समयमा समाज बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा मङ्सिर ९ देखि २४ गतेसम्म प्रदेशका ११ वटै जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने आज पोखरामा...बाँकी अंश →


नेकपाको स्थानीय नेतृत्व चयन गर्ने जिम्मा प्रदेशलाई

परासी, ५ मङ्सिर ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पश्चिम नवलपरासीका स्थानीय तह कमिटीको नेतृत्व चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिएको छ । जिल्लामा सहमति हुन नसकेपछि जिल्ला कमिटीले नेतृत्व चयनका लागि गुहारेको हो । स्थानीय तहमा नेतृत्वका लागि तत्कालिन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले आफ्नो अडान नछाडेपछि जिल्ला कार्यदलले...बाँकी अंश →


निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह

बैतडी, ५ मङ्सिर ,,  जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका लागि पहल गर्न थालेका छन् । निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेर सामुदायिक विद्यालयका समस्या समाधानमा स्थानीय तह जुटेका छन् । सुर्नया गाउँपालिका, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेका हुन् । सामुदायिक विद्यालयमा...बाँकी अंश →


कलङ्की–नागढुङ्गा सडकखण्डमा विद्युत् कटौती

काठमाडौँ, ४ मङ्सिर,,   सडक विस्तार कार्यलाई सहयोग पु¥याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत् कटौती गरेको छ । सडक विस्तारको कार्य अगाडि बढिरहेको तथा पोल तथा प्रसारण लाइनसमेत सार्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनथाना बसपार्कदेखि तीनथाना वड़ा कार्यालयसम्मको प्रसारण...बाँकी अंश →


चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

काठमाडौँ, ४ मङ्सिर,,   सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमितिको प्रतिवेदन, २०७५ सर्वसम्मतिले...बाँकी अंश →


सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्न निर्देशन

काठमाडौँ, ४ मङ्सिर,,   प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सभापति पूर्णकुमारी सुवेदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा कुनै व्यवधान नपुग्ने गरी नहरमा तत्काल पानी छाड्न सरकारलाई निर्देशन दिएको हो ।...बाँकी अंश →


आम्दानीको स्रोत बन्दै बेल

दमौली, ४ मङ्सिर,,   केही कुराको महत्व नै भएन भने ‘बेल पाकेर कागलाई हर्ष न बिस्मात’ भन्ने त उखानै छ । तनहुँ म्याग्दे गाउँपालिकाका उपभोक्तालाई पनि केही समय अघि यो उखान ठ्याक्कै मिल्थ्यो । तर अहिले त्यहाँका उपभोक्तालाई बेल पाक्दा लाखांै आम्दानी हुन थालेको छ । म्याग्दे गाउँपालिका–१, २ र ३...बाँकी अंश →


साहित्यकारको जमघट

मुसिकोट, ४ मङ्सिर,,   रुकुम(पश्चिम)को मुसिकोटमा साहित्यकारको जमघट भएको छ । यहाँस्थित राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले आज यहाँ चारदिने साहित्यिक भ्रमण तथा सिर्जनशील लेखन कार्यक्रम गर्दैछ । रुकुम पश्चिम र पूर्वका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणसँगै सिर्जनशील लेखन तथा प्रशिक्षण दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जिल्ला शाखा अध्यक्ष...बाँकी अंश →


सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले टिप्पर चलकहरुलाई सवारी टाईम कार्ड बितरण

कपिलवस्तु, ४ मंसिर,,   कपिलवस्तु जिल्ला ट्राफिक प्रहारी कार्यालय, गोरुसिंगेले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा स्थित पुर्ब पश्चिम महेन्द्र राजमार्गमा जिल्ला ट्राफिक प्रहारी कार्यालय प्रमुख प्रहारी निरिक्षक बाबु राजा पन्त समेतको टोली खटि गई बढदो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले यस जिल्लाको चन्द्रौटा, गोरुसिंगे, पिपरा हुदै मुर्गिया सम्म चल्ने...बाँकी अंश →


बागलुङमा १९० महिला तथा बालबालिका बेपत्ता

गलकोट, ४ मङ्सिर ,,  दुई वर्षको अवधिमा बागलुङ जिल्लामा १८९ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ८६ महिला २४ बालबालिका हराएका छन् । आव २०७४/७५ मा ७९ महिला तथा बालबालिकामध्ये ६७ महिलासहित १२ बालबालिका हराएका प्रहरीको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी...बाँकी अंश →


मस्र्याङ्दी नदीमा अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने

काठमाडौँ, ४ मङ्सिर,,   ‘नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिज’ (नारा) को आयोजनामा मस्र्याङ्दी नदीमा १७ औँ अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ । जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्न नाराले म¥र्याङ्दी नदीमा ‘हिमालय ह्वाइटवाटर च्यालेन्ज’ नामक प्रतियोगिता गर्न लागेको हो । मङ्सिर ८ देखि १० सम्म हुने सो प्रतियोगितामा ‘कायक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter