सोमबार, १७ बैशाख २०८१

माघ १ गते देखि प्लाषि्टक निषेध

अजय मिश्र

५ मंसिर २०७५, बुधबार २१:३७ मा प्रकाशित
अजय मिश्र/कपिलवस्तु ५ मंग्सिर
कपिलवस्तु को बिभिन्न स्थान मा प्लाषि्टक बिगबिगी देखिए पछि शिवराज नगरपालिका क्षेत्र भित्र प्लास्टिकको कप, प्लेटर अन्य स्वास्थ्य र वातावरण मा प्रतिकूल असर पार्ने भएकाले नगर कार्य पालिका को बैठक ले २०७५ माघ १ गते देखि कुनै पनि होटल, रेस्टुरेंट, व्यवसायी, विक्रेता, उद्योगी र सबै नगरवासी हरू ले प्लास्टिक र प्लास्टिक जन्य पदार्थ बेचबिखन र ओसार पसार नगर्न भनिएको छ। प्लास्टिक प्रयोग नगर्न दुई महिना सम्म प्रचार प्रसार गर्ने साथै नगरवासी ले समेत आफ्नो स्वास्थ्य लाई ख्याल गरि प्लास्टिक जन्य पदार्थ मा चिया, काफी र अन्य खाने वस्तु उपभोग नगरी आफ्नो स्वास्थ्य को आफै ख्याल राख्नु पर्ने हुन्छ। साथै माघ १गते देखि प्लास्टिक को कप, प्लेट र अन्य प्लास्टिक ओसार पसार र बेचबिखन गर्न देखिएमा कानुन बमोजिम कारवाही हुने कुरा प्रमुख प्रसासकिय अधिकृत शेषकान्त पौडेल ले जानकारी दिनु भएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter