२१ मंसिर २०८२

प्रदेश

कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

लहान, ६ कात्तिक  कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी...बाँकी अंश →


भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने

मेलम्ची, ६ कात्तिक  अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज (नारा) को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगी...बाँकी अंश →


काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो

काठमाडौँ, ६ कात्तिक  जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तला (भुइँ तला) निर्माणको काम (छानाबाहेक) सकिएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले मङ्गलबार सार्वजनिक सुनुवाइ गरी पुनःनिर्माणको काम लगभग आधा सकिएको जनाएको हो । उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार हालसम्म रु तीन करोड खर्च भएको छ । उपभोक्ता समितिलाई काठमाडौँ महानगरपालिकाले...बाँकी अंश →


त्रिवि जनप्रशासन विभागमा तालाबन्दी

काठमाडौँ, ६ कात्तिक    त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढङ्गले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी सङ्घले विभागमा तालाबन्दी गरेको छ । विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमित्त प्रमुख बनाइएको भन्दै सङ्घको जनप्रशासन क्याम्पस एकाइ आन्दोलित...बाँकी अंश →


नकारात्मक खालका गीत–सङ्गीत गाए र उत्पादन गरे कारवाही

काठमाडौँ, ५ कात्तिक  राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार...बाँकी अंश →


नियमित विद्यालय जाँदैनन् बालबालिका

बेझाड, ५ कात्तिक  भौगोलिक भूबनोटका हिसाबले रामपुर नगरपालिका जिल्लाकै समथर भूभाग हो । शहरीकरणतर्फ उन्मुख यस नगरपालिकाभित्रै रहेका कुमाल समुदायका कतिपय बालबालिका अझै नियमितरुपमा विद्यालय जाँदैनन् । नगरपालिकाको केन्द्र नजिकैको वडा नं ६ स्थित नवदुर्गा माविमा अधिकांश विद्यार्थी कुमाल समुदायका छन् । यहाँ ३३६ विद्यार्थीमध्ये करीब ७४ प्रतिशत विद्यार्थी सोही...बाँकी अंश →


सीमा नाकाबाट पटका भित्रिदै

वीरगञ्ज, ५ कात्तिक  हिन्दूहरुको महानचाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउन थालेका छन् । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् । तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया...बाँकी अंश →


कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

खोटाङ, ५ कात्तिक  वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन् । छ महीनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एण्ड सर्भिसेस कम्पनीमा पु¥याइएका आफूहरुलाई सो कम्पनीले...बाँकी अंश →


छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा ः अध्यक्ष दाहाल

फिदिम, ५ कात्तिक  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ । “चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ”, फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले...बाँकी अंश →


अदालतको झल्को दिने गरी नलगाडमा न्यायिक कक्ष

जाजरकोट, ५ कात्तिक    अदालतको झल्को दिने गरी नलगाड नगरपालिकाको न्यायिक समितिले यसवर्षदेखि न्यायिक कक्ष स्थापना गरेरै न्याय सम्पादन गर्न थालेको छ । न्यायिक समितिले प्रभावकारी न्याय सम्पादन गर्न नसकेको गुनासो बढेका कारण कानूनको अनविज्ञता, स्रोत साधनको अभावलगायत कारण देखाएर प्रभावकारी न्याय सम्पादन हुन नसकिएको सम्बद्ध पदाधिकारीले जनाउँदै आएका थिए...बाँकी अंश →


लोगो विश्वविद्यालयको अध्यापन निजीको

काठमाडौँ, ५ कात्तिक    त्रिभुवन विश्वविद्यालय (त्रिवि)का करीब एक हजार ५०० प्राध्यापक वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको पाइएको छ । त्रिविको स्वीकृति लिएर प्राध्यापकले वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले जानकारी दिनुभयो । निर्देशनालयसम्बन्धी विनियममा त्रिविका प्राध्यापक पूर्वस्वीकृति लिएर मात्र बाहिर आंशिक समयका लागि...बाँकी अंश →


फुटपाथ व्यवस्थित गरिने

हेटौँडा, ५ कात्तिक  हेटौँडा उपमहानगरपालिकाले तिहार तथा छठ पर्वका लागि बजार क्षेत्रमा लाग्ने फुटपाथ बजारलाई व्यवस्थित गर्ने भएको छ । फुटपाथ व्यवस्थित गर्न उपमहानगरले पाँच स्थानमा मात्रै फुटपाथ पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ । मुख्य बजार क्षेत्रमा बजार लाग्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको सम्भावना बढ्ने भएपछि यस्तो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter