मङ्गलबार, ११ बैशाख २०८१

चालिस राँगा नियन्त्रणमा

६ कार्तिक २०७६, बुधबार १०:४४ मा प्रकाशित

राजविराज, ६ कात्तिक  सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरबाट अवैधरुपमा लगिदै गरेका ४० राँगालाई मङ्गलबार नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प बोदेबरसाइनबाट खटिएको प्रहरी टोलीले राँगा नियन्त्रणमा लिएको हो । भारतीय बजारबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउने क्रममा राँगालाई नियन्त्रणमा लिइएको सुरक्षा बेसक्याम्पका सहायक प्रहरी नायब निरीक्षक वीरेन्द्र महराले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका राँगाको बजार मूल्य करीब रु आठ लाख रहेको प्रहरीको अनुमान छ । नियन्त्रणमा लिइएका राँगालाई आवश्यक कारवाहीका लागि तिलाठी स्थित (बेल्ही) भन्सार कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । हतियार र मदिरा बरामद सप्तरीको दक्षिणी भेगमा रहेको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट प्रहरीले लोड गरिएको सिक्सर पेस्तोल मङ्गलबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल (बिओपी) छिन्नमस्ताबाट खटिएको टोलीले जाँचका क्रममा लोड गरिएको सिक्सर पेस्तोल बरामद गरेको हो । प्रहरीका अनुसार बोराभित्र लुकाएर राखेको ‘मेड इन इंग्ल्याण्ड’ लेखिएको दुई राउण्ड गोली र २८ थान कस्तुरी नामक मदिरासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्टबाट खटिएको प्रहरीको टोलीले मोहनपुरबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय अनुसार नेपालबाट भारततर्फ मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले देखेपछि तस्कर मदिरासमेत छाडेर भागेका थिए । तस्कर मोटरसाइकल छाडेर भागेपछि जाँच गर्ने क्रममा २८ थान कस्तुरी मदिरा तथा कस्तुरी मदिराको बीचमा राखिएको हतियार फेला परेको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter