
भीमदत्तनगर, ११ पुस,, अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा कास्य पदक जितेर फर्किएको हकीको राष्ट्रिय टिमलाई मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरमा सम्मान गरिएको छ । हालै पाकिस्तानको लाहोरमा सम्पन्न हकी प्रतियोगितामा ऐतिहासिक जित निकाल्दै भारतहुँदै भीमदत्तनगर आइपुगेको टिमलाई जिल्ला खेलकूद विकास समिति, जिल्ला हकी सङ्घ र यहाँका प्रशिक्षक तथा खेलाडीले अबिरमालासहित सम्मान गरेका हुन् ।...बाँकी अंश →

बाजुरा, ११ पुस,, बुढीगङ्गा नगरपालिका–१० ले सुत्केरी र एचआइभी सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । वडा भित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था भएमा अन्यन्त्र लैजानका लागि वडा कार्यालयले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने वडाध्यक्ष धर्मराज जोशीले बताउनुभयो । विपन्न परिवारका महिलालाई लक्ष्य गरी वडा कार्यालयले उक्त...बाँकी अंश →

राजविराज, ११ पुस,, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको जिल्ला अध्यक्ष मण्डल सप्तरीको संयोजकमा शतिसकुमार सिंह चयन हुनुभएको छ । अध्यक्ष मण्डलको जिल्ला संयोजक रामप्रित यादवको अध्यक्षतामा सम्पन्न बैठकले सिंहलाई चक्रीय प्रणालीअनुसार दुई महीनाका लागि अध्यक्षमा चयन गरेको संयोजक यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सिंह तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षसमेत...बाँकी अंश →

काठमाडौँ, ११ पुस,, महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घर फोरेर चोरी गर्ने दश जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले उपत्यकाका विभिन्न स्थानमा घर फोरी चोरी गर्ने कार्यमा सङ्लग्न सुमन थापामगर, मनिषा नेम्वाङ, अनिसा खाम्चामगर, सोनी लामा, सुनिल मगर, उद्धव थापा, रविन थापामगर, सविता सुनुवार, सञ्जय तामाङ र गौतम मन्नालाई मङ्गलबार...बाँकी अंश →

दमौली, ११ पुस,, तनहुँको भिमाद नगरपालिका–२ रघुस्थित छाब्दीबाराही आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ । चन्दा सङ्कलन, देउसीभैलो र जनश्रमदानबाट रु चार लाख ६० हजारको लागतमा सामुदायिक भवन निर्माण गरिएको आमा समूहका अध्यक्ष देउमाया थापाले जानकारी दिनुभयो । भवन निर्माणपछि गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको...बाँकी अंश →

भरतपुर, ११ पुस,, पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै...बाँकी अंश →

काठमाडौँ, ११ पुस,, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् । आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन...बाँकी अंश →

इनरुवा, ११ पुस,, सुनसरी सदरमुकाम इनरुवामा आज मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२प ९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद...बाँकी अंश →

बेझाड, ११ पुस,, माथागढी गाउँपालिका–१ चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविरमा १४५ महिलाले सेवा लिएका छन् । घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा पाठेघरको परीक्षण, पिष्टुला पहिचान, पाठेघरको मुखको क्यान्सर परीक्षण, परिवार...बाँकी अंश →

गलेश्वर, ११ पुस,, अन्नपूर्ण गाउँपालिका– ६ तलेत्रमा गएराति क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा रु चार बराबरको क्षति भएको छ । स्थानीयवासी पृथबहादुर बरुवालको निधन भएको आठौँ दिन क्रियापुत्री बसेको गोठमा आगलागी हुँदा गोठ जलेर पूर्णरुपमा नष्ट भएको छ । खाना पोकाउँदै गर्दा परालमा आगो लागेपछि गोठ जलेको स्थानीयवासी सुरेन गुरुङले...बाँकी अंश →

कैलाली, ११ पुस,, सामाजिक विकास निर्माण उपभोक्ता समितिले धनगढी उपमहानगरपालिका भित्रका चार सार्वजनिक विद्यालयका ६० विद्यार्थीलाई रु दुई लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ । समितिले शारदा माध्यामिक विद्यालयका २५, नवदुर्गा माध्यामिकका २०, शैलेश्वरी प्राथमिक विद्यालयका १० र मदरसा प्राथमिक विद्यालयका पाँच विद्यार्थीलाई विद्यालयको पोशाक, स्वीटर, एक दर्जन कापी,...बाँकी अंश →

सोलुखुम्बु, ११ पुस,, जिल्लाको तीन गाउँपालिका जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण हुनेभएपछि स्थानीयवासी हर्षित भएका छन् । पुस ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले सोताङको पावै र थुलुङ–देउसा जोड्ने दूधकोशी नदीमा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेपछि यहाँका बासिन्दा खुशी भएका हुन् । कोशी पारीको सावीक पाँच गाविस पावै, सोताङ, बुङ, छेस्काम...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: