
काठमाडौँ, २७ माघ ,, ‘हिँड्छेउ माया तर्की तर्की, अन्तै माया लाउने मन छर्की, तिमी जुन, मिती हौ तारा, हुने हो कि आँशुको नौ धारा’ गायक अमृत खाती र गायिक उमा श्रेष्ठको स्वरमा भर्खरै बजारमा आएको ‘जुनतारा’ एल्बमको नयाँ गीत हो यो । बुधबार बजारमा आएको यो गीत दर्शकले निकै रुचाएका...बाँकी अंश →

धादिङ, २७ माघ ,, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस...बाँकी अंश →

गोरखा, २७ माघ ,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई÷अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिनुभयोे । ‘काङ्ग्रेसले...बाँकी अंश →

काठमाडौँ, २७ माघ ,, काठमाडौँमा जारी ‘सिर्जनात्मक चित्रकला महोत्सव’को चित्रकला कार्यशालामा ६० चित्रकार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँको हनुमानढोकास्थित ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’मा सहभागी भएर चित्रकारले आफ्नो कला क्यानभासमा उतारेको निर्णायक रहनुभएका अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला...बाँकी अंश →

चितवन, २७ माघ ,, नेपाल डेन्टल एशोसिएसन चितवन शाखाको आयोजनामा दन्त चिकित्सकको क्षेत्रीय कार्यशाला सौराहामा शनिबार सम्पन्न भएको छ । सो अवसरमा छ विज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विज्ञहरू डा निल पाण्डे, डा रीता सिंह, डा आयुष खरेल, डा दिनेश शर्मा भुषाल, डा रञ्जीता श्रेष्ठ र डा...बाँकी अंश →

नवलपरासी, २७ माघ ९ ,, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आगामी फागुन २ देखि ४ गतेसम्म पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लबलगायत राष्ट्रियस्तरका क्लबहरुसहित नवलपरासी र छिमेकी जिल्लासहित छिमेकी भारतको समेत एक टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले रु एक लाख...बाँकी अंश →

काठमाडौँ, २७ माघ ,, राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत...बाँकी अंश →

दमौली, २७ माघ ,, तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट...बाँकी अंश →

नवलपरासी, २७ माघ ,, पश्चिम नवलपरासीमा सम्पन्न नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनमार्फत शैक्षिक विषयवस्तुमा केन्द्रीय विविध १४ बुँदे शैक्षिक घोषणापत्र सार्वजनिक गरिएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनको निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा नवनिर्वाचित...बाँकी अंश →

काठमाडौँ, २७ माघ ,, नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार...बाँकी अंश →

हुम्ला, २७ माघ ,, हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो...बाँकी अंश →

उर्लाबारी, २७ माघ ,, मोरङको उर्लाबारी–३ मङ्गलबारे निवासी मिर्गाैलापीडित १३ वर्षीया बालिका रेश्मा शेर्मा लिम्बूको उपचारका लागि शनिबार रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ । सुनसरीको धरान स्थायी घर भई हाल हङकङमा बस्दै आउनुभएकी मनु लिम्बूको नेतृत्वमा त्यहाँ रहेका नेपालीबाट सङ्कलन गरेर पठाएको सो रकम उर्लाबारी–३ का वडा सदस्य...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: