११ असार २०८३

प्रदेश

मिर्गाैलापीडित बालिकाको उपचारका लागि दुई लाख सहयोग

उर्लाबारी, २७ माघ   ,,   मोरङको उर्लाबारी–३ मङ्गलबारे निवासी मिर्गाैलापीडित १३ वर्षीया बालिका रेश्मा शेर्मा लिम्बूको उपचारका लागि शनिबार रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ । सुनसरीको धरान स्थायी घर भई हाल हङकङमा बस्दै आउनुभएकी मनु लिम्बूको नेतृत्वमा त्यहाँ रहेका नेपालीबाट सङ्कलन गरेर पठाएको सो रकम उर्लाबारी–३ का वडा सदस्य...बाँकी अंश →


‘भ्यूटावर’ निर्माण गरिने

दार्चुला, २७ माघ  ,,  महाकाली नगरपालिका–१ छापरीमा पर्यटन प्रवद्र्धनको लागि दृश्यावलोकन स्तम्भ‘भ्यूटावर’ निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षभित्रै भ्यूटावर निर्माणका लागि सर्भे गर्ने काम भएको महाकाली नगरपालिकाले जनाएको छ । जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्रालि काठमाडौँबाट आएको सर्वेक्षकको टिमले भ्यूटावर निर्माणका लागि सर्भे गरेको महाकाली नगरप्रमुख हंशराज...बाँकी अंश →


स्वर्ण महोत्सव शुरु

भद्रपुर, २७ माघ  ,,  श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक स्वर्ण महोत्सव शनिबारदेखि यहाँ शुरु भएको छ । पचास वर्षअघि श्री १०८ मङ्गलदासले झापा आएर धुलावारी, चन्द्रगढी, बुधबारे र शनिश्चरेमा चार मन्दिर स्थापना गर्नुभएको थियो । श्री कृष्णप्रणामी धर्मावलम्बीले अपार श्रद्धा गर्ने मङ्गलदास...बाँकी अंश →


बेनी–जोमसोम सडक कालोपत्र हुँदै

गलेश्वर, २७ माघ  ,,  दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ । प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ...बाँकी अंश →


दुर्घटनामा चालकको मृत्यु,१३ घाइते

धादिङ, २७ माघ  ,,  लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि धादिङमा...बाँकी अंश →


पञ्चकोटमा एकै दिन हजार पर्यटक

गलकोट, २७ माघ  ,,  जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोटमा शनिबार करीब एक हजार आन्तरिक पर्यटक अवलोकनका लागि आएको पञ्चकोटले जनाएको छ । मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृतिका संरचना हेर्न र धेरै वर्षपछि परेको हिउँमा खेल्नका लागि जिल्लाका अधिकांश पर्यटक त्यहाँ पुगेका हुन् । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा...बाँकी अंश →


भारतीय राजदूतावास का काउंसलर कृष्नानगर मा

कपिलवस्तु /संवाददाता माघ २६ कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १ उद्योग वाणिज्य संघ को हाल मा भारतीय राजदूतावास का काउंसलर स्टॅलिन बावू को आगमन भएको छ। प्रदेश सांसद फौजिया नसिम, शान्ति देवी हरिजन, सिद्धार्थ अग्रवाल, उद्योग वाणिज्य संघ कृष्णानगर का अध्यक्ष गुरु सरण सिंह, इण्डो नेपाल सामाजिक विकास...बाँकी अंश →


क्यान्सर रोगी बढ्दै

खलङ्गा, २५ माघ  ,,  पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेको बताउनुभयो । पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी दिँदै उहाँले शुरुमै क्यान्सर रोगपत्ता लगाउन सके क्यान्सरलाई...बाँकी अंश →


महिलाका नाममा सम्पत्तिको स्वामित्व बढ्दै

बलेवा, २५ माघ  ,,  सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा सम्पत्ति (घरजग्गा) दर्ता हुने क्रम बढेको छ । बागलुङमा महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्नेको सङ्ख्या ३५ देखि ४० प्रतिशतले वृद्धि भएको छ । मालपोत कार्यालय बागलुङका...बाँकी अंश →


शिक्षा आयोगको सुझाव सङ्घीय शिक्षा ऐनमा प्रतिबिम्बन हुने

काठमाडौँ, २५ माघ  ,,  शिक्षामा समाजवादोन्मुख कार्यदिशासहितको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका सिफारिशलाई नेपाल सरकारले सङ्घीय शिक्षा ऐनमा प्रतिविम्बनको तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मस्यौदा गरिरहेको सङ्घीय शिक्षा विधेयकमा माध्यमिक तहसम्मको निःशुल्क शिक्षासम्बन्धी संविधानको मौलिक हकको कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार तथा विद्यालयको जिम्मेवारीबारे...बाँकी अंश →


पूरै गाउँको आयस्रोत केराखेती

म्याग्दी, २५ माघ  ,,  वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका–२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्नुहुन्छ । खबराकै जयन्ती घिमिरेले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १० रोपनी खेतबारीमा १०० घारी केरा लगाएको डेढ वर्षमै आम्दानी लिन थाल्नुभएको छ । ‘घरमा काम...बाँकी अंश →


तारकेश्वरमा २१ प्रतिशत पुन ःनिर्माण सम्पन्न

काठमाडौँ, २५ माघ  ,,   भूकम्प गएको साढे तीनवर्ष वितिसक्दा तारकेश्वर नगरपालिकामा हालसम्म २१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पबाट पूर्ण क्षति भएका नगरपालिकाका ६ हजार १९६ घरमध्ये एक हजार ३०५ ले तेस्रो किस्ताको रकम बुझेको नगर उपप्रमुख भवानी डोटेलले बताउनु्भयो । नगरपालिकाको भित्री बस्तीमा थोरै क्षेत्रफल भएका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter