०९ असार २०८३

प्रदेश

भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन

काठमाडौँ, २८ जेठ  ,,  सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म पर्यटन जागरणका रुपमा भ्रमण वर्ष अभियान सञ्चालनका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी (प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा...बाँकी अंश →


करिडोर निर्माणसँगै ट्राफिक व्यवस्थापनमा सहज’

काठमाडौँ, २८ जेठ  ,,  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले करिडोर निर्माणसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज हुँदै गएको बताउनुभएको छ । नयाँ बसपार्क–म्हैपी हुँदै बालाजु करिडोरको आज निरीक्षण गर्दै उहाँले करिडोर निर्माणले उपत्यकामा हुने ट्राफिक जाममा कमी आउने बताउनुभएको हो । महानिरीक्षक खनालले उपत्यकाको ट्राफिक सुधारका लागि महानगरीय ट्राफिक महाशाखाले तीनमहीने कार्ययोजना...बाँकी अंश →


ऊर्जा क्षेत्रमा थप सहयोगका लागि जाइकालाई आग्रह

काठमाडौँ, २८ जेठ  ,,  सरकारले नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)लाई आग्रह गरेको छ । जाइकाको लगानी रहेको तनहुँ सेती जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरेको सन्दर्भमा थप लगानीका लागि सरकारले आग्रह गरेको हो । कूल १४० मेगावाट क्षमताको तनहुँ सेतीमा जाइकाको लगानी रहेको छ ।...बाँकी अंश →


दुर्घटनाबाट मृत्यु

गाडीको ठक्करबाट पोखरामा आज बिहान ११ः२५ बजे एक स्कुटरचालकको मृत्यु भएको छ । काभ्रे जिल्ला घर भएका ग८प १९१४ नम्बरका स्कुटरचालक २० वर्षीय कृष्णप्रसाद चौलागाईंको मृत्यु भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँलाई पोखराको इन्द्रचोक नजिक बा १४च ५८१२ नम्बरको भ्यानले ठक्कर दिएपछि जिल्ला अस्पतालमा पु¥याइएपछि चिकित्सकले मृत...बाँकी अंश →


ट्युशन पढ्न पाएकामा खुशी

सिरहा, २८ जेठ   ,,  कृषि बँधुवा मजदुर ( हरवा चरवा कोदर्वा ) न्यूनीकरण कार्यक्रमअन्तर्गत दि फ्रिडम फण्ड सहयोग तथा भवानी एकीकृत विकास केन्द्र सिरहाद्वारा सञ्चालित किशोरकिशोरी विकासका लागि निःशुल्क ट्युशन कार्यक्रम लक्ष्मीपुर पतारी गाउँपालिका १, २ र ३ मा सञ्चालन गरिएको छ । त्यसबाट गरीब तथा विपन्न परिवारका बालबालिका लाभान्वित...बाँकी अंश →


थली साँखु सडक तत्काल स्तरोन्न

साँखु, २८ जेठ   ,,  काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानीयवासीको सहमतिपछि आन्दोलन फिर्ता लिएको छ । चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि आज बिहान अनिश्चित समयसम्म बन्दको आह्वान गर्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक...बाँकी अंश →


औलोका बिरामी घट्दै

चितवन, २८ जेठ  ,,  जिल्लामा औलो रोगका बिरामीको सङ्ख्या घट्दै गएको छ । पछिल्लो तीन वर्षमा क्रमशः सङ्ख्या घट्दै गएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालू आर्थिक वर्षको माघ महीनासम्ममा नौ जनामा सङ्क्रमण देखिएको छ । चार हजार २८६ को परीक्षण गरिएकोमा सो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । सङ्क्रमितमध्ये...बाँकी अंश →


जनतासँग नगर प्रमुख तथा उपप्रमुख कार्यक्रम शुरु

लम्की, २८ जेठ  ,,  कैलालीको टीकापुर नगरपालिकाले जनतासँग नगर प्रमुख तथा उपप्रमुख कार्यक्रम शुरु गरेको छ । नगरपालिकालाई नागरिकका माग सम्बोधन गर्न सहज होस् भनी स्थानीयस्तरमै गएर गुनासा सुन्न थालेको हो । यो कार्यक्रममा रु एक लाखभन्दा मुनिका योजना कार्यान्वयनका लागि नगर प्रमुख तथा उपप्रमुखले निर्देशन दिनुका साथै आगामी आर्थिक...बाँकी अंश →


विज्ञापन रद्द गर्ने निर्देशनको विरोधमा परीक्षार्थी सडकमा

काठमाडौँ, २८ जेठ   ,,  प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध आज विरोध जनाइएको छ । लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उक्त समितिले गरेको अमान्य...बाँकी अंश →


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

चितवन, २८ जेठ  ,,  बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन् । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ लगाइएको बार केही स्थानीयवासीले भत्काएकाले काम अवरुद्ध भएको थियो । बार भत्काउनेलाई प्रहरीले नियन्त्रणमा लिई तारेखमा छोडिसकेको छ...बाँकी अंश →


रुपाकोटमा भ्यू टावर बनाउन शुरु

खोटाङ, २८ जेठ  ,,  खोटाङको पर्यटकीयस्थल रुपाकोटमा भ्यू टावर बनाउन शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यू टावर निर्माण शुरु गरिएको हो । समुन्द्री सतहदेखि करीब दुई हजार ६०० फिट अग्लो उक्त ठाउँमा निर्माणाधीन भ्यू टावर दिक्तेल रुपाकोट मझुवागढी...बाँकी अंश →


छाउपडीले महिला मर्कामा

डडेल्धुरा, २८ जेठ  ,,  सुदूरपश्चिम प्रदेशमा एक वर्षमा छाउपडीका कारण १६ महिला तथा बालबालिकाको मृत्यु भएको छ । अछाममा १३ र बाजुरामा तीनको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय धनगढीका प्रमुख झङ्करबहादुर रावलले जानकारी दिनुभयो । छाउपडीले महिला र बालबालिका मर्कामा पर्दै आएका छन् । महिला तथा बालबालिका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter