०९ असार २०८३

प्रदेश

धवलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

बेनी, ३० जेठ  ,,  म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ । भीर र जङ्गलको जोखिमपूर्ण पदमार्गलाई फराकिलो बनाएर पूर्वाधार निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ५० लाख बजेटबाट नाउराभीरदेखि सल्लाघारीसम्म...बाँकी अंश →


सवारीसाधन केरूङ जान थाले

रसुवा, ३० जेठ  ,,  पालोको आधारमा केरूङ जान पाउनुपर्ने माग राख्दै रसुवागढी नाकामा गरिएको चक्काजाम बुधबारदेखि खुला भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार राजनीतिक दल, चक्काजाम गर्ने व्यवसायी र सुरक्षा निकायसमेतको छलफल र सहमतिबाट चक्काजाम खुला भएको हो । सबैको अधिकार सुनिश्चित गर्न जुन–जुन सवारीसाधन लाइनमा बस्छ...बाँकी अंश →


सन्दर्भः विश्व बालश्रम विरुद्धको दिवस, उस्तै छ बालश्रम

काठमाडौँ, २९ जेठ  ,,  नौ वर्षका नहकुल रानाभाटले बालाजुस्थित नयाँ बसपार्क नजिकैको धौलागिरि होटेलमा भाडा माझ्ने काम गर्न शुरु गरेको एक वर्ष भयो । तर उनले अहिलेसम्म बस्न र खानबाहेक कुनै पारिश्रमिक पाएका छैनन् । बाग्लुङका नहकुल जस्तै धादिङका ११ वर्षीय कमल खपाङ्गीले मैतीदेवी क्याफेमा सहयोगीको रुपमा काम गरेको छ...बाँकी अंश →


बन्दीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

तनहुँ, २९ जेठ  ,,  तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यान्वयन शुरुआत गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले मङ्गलबार बन्दीपुर बजारमा एक कार्यक्रमका बीच ४१ जनालाई रोजगार प्रदान गरेर शुरुआत गर्नुभयो । तनहुँका १० वटा स्थानीय तहमध्ये बन्दीपुर शुरुआत गर्नेमा पहिलो बनेको छ...बाँकी अंश →


दुई बोरा गाँजा बरामद

सिरहा, २९ जेठ  ,,  सप्तरीको सुरङ्गा नगरपालिका–७ चकदह नजिक रहेको बलान खोला छेउबाट सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेका छ । विशेष सूचनाका अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाका सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले चकदह नजिक रहेको बलान खोलाको छेउबाट...बाँकी अंश →


खानेपानीका लागि साढे नौ करोड

दमौली, २९ जेठ   ,,  तनहँु निर्वाचन क्षेत्र नं १ मा खानेपानी आयोजना निर्माणका लागि सङ्घीय सरकारले रु साढे नौ करोड बजेट विनियोजन गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने गरी विभिन्न आयोजनाका लागि रु नौ करोड पचास लाख बजेट विनियोजन गरेको हो ।...बाँकी अंश →


सार्वजनिक स्थानको पहिचान

काठमाडौँ महानगरपालिका सबै वडाका खुला सार्वजनिक स्थानको पहिचान र संरक्षणमा जुटेको छ । कामपा–१० मा यसअघि व्यक्तिको नाममा रहेको दुई रोपनी सार्वजनिक जग्ग्गालाई पनि यस वडाले तारबार गरी संरक्षण गर्ने तयारी गरेको छ । यसअघि जे एण्ड तण्डुकरले आफ्नो हो भन्दै दाबी गरेको जग्गा सार्वजनिक हो भन्ने प्रमाणित भएपछि १०...बाँकी अंश →


लागुऔषध कारोवारीमाथि गोली प्रहार

पोखरा, २९ जेठ  ,,  पोखराको उत्तमचोकमा एक लागुऔषध कारोवारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ । लागुऔषध कारोवारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


रुपन्देहीमा थारू घरवास सञ्चालन हुँदै

खस्यौली, २९ जेठ  ,,  रुपन्देहीको सैनामैना नगरपालिका–२ स्थित उचाडिहवामा रहेको थारू घरवास छिट्टै सञ्चालन हुने भएको छ । घरवासमा आगामी असार मसान्तसम्ममा वातानुकुलित सात आवास कक्ष निर्माण भएपछि पाहुनाको आवताजावत बढ्ने घरवासका अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो । विसं २०७१ देखि काम शुरु भएको घरवासमा तत्कालीन पर्यटन कार्यालयबाट रु १४...बाँकी अंश →


बेल जुस उद्योग संकटमा

लम्की, २९ जेठ  ,,  बेल रसले बजार नपाएपछि कैलालीको भजनी नगरपालिका–१ स्थित बेल जुस उद्योग संकटमा परेको छ । वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाले विसं २०७१ मा सञ्चालनमा ल्याएको सो उद्योगले उत्पादन गरेको बेलको रस बिक्री हुन छोडेको छ । दुई वर्षअघिसम्म काठमाडौँका ठूल्ठूला डिपार्टमेन्ट स्टोरमा समेत उपलब्ध हुने बेल...बाँकी अंश →


पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

जाजरकोट, २९ जेठ   ,,  बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च...बाँकी अंश →


घरघरमा खानेपानीको धारा

स्याङ्जा, २९ जेठ   ,,  कुनै बेला खानेपानीको खोजीमा घण्टौँसम्म बिताउनुपर्ने र सार्वजनिक धारामा पानीको पालो कुर्दै लाममा बस्नुपर्ने समस्याबाट हरिनाश गाउँपालिका ३ चिसापानीका बासिन्दाले अब भने मुक्ति पाएका छन् । । एक घर एक धारा कार्यक्रमअन्तर्गत गाउँमा सबैका घर घरमा धारा जडान भएपछि यहाँका सर्वसाधारणमा खुशी छाएको छ । गाउँपालिका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter