०८ चैत २०८२

प्रदेश

डोल्पामा टेलिफोन सेवा अवरुद्ध

जाजरकोट , २८ जेठ   ,,  गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा...बाँकी अंश →


नदीजन्य पदार्थको अवैध निकासी बढ्यो

गाईघाट, २९ जेठ  ,,  उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको त्रियुगा नदी, बरुवाखोला, सरस्वतीखोलासहित पूर्वी क्षेत्रको चौदण्डी नगरपालिकाको त्रियुगा तथा द्वारखोला क्षेत्रसहित चुरेक्षेत्र आसपासको खोलानालाबाट अवैध बालुवा तथा रोडा निकासी कार्य ह्वात्तै बढेको छ । केही दिनयता आएर जिल्लाको पूर्वी क्षेत्रको हँडिया तथा सुन्दरपुर क्षेत्रका चुरे वनक्षेत्रको खोलानालाबाट अवैधरूपमा बालुवा तथा रोडा...बाँकी अंश →


जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ घर निर्माण

गोरखा, २९ जेठ  ,,  जनता आवासकार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९÷७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अतिविपन्न र पिछडिएका वर्ग तथा दलित समुदायका लागि घर निर्माण गरिएको हो । शहरी विकास मन्त्रालयअन्तर्गतको आवास निर्माण कार्यक्रममार्फत यहाँका कुसुण्डा, बादी, चेपाङ,...बाँकी अंश →


चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

परशुरामधाम, २९ जेठ  ,,  डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–३ मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । आज बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । बिहान ७...बाँकी अंश →


खप्तड पुग्ने छोटो पदमार्ग निर्माण

अछाम, २९ जेठ   ,,  पर्यटकीयस्थल खप्तड जानका लागि अछामबाट पैदलमार्ग निर्माण भएको छ । साँफेबगर नगरपालिकाको वडा नं १२ उनिसैनबाट तीन घण्टामै खप्तड पुग्ने गरी पदमार्ग निर्माण गरिएको हो । साँफेबगर नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा तथा खप्तडका स्थानीयवासीको सक्रियतामा पैदलयात्रामा सहजताका लागि बाटो निर्माण गरिएको बताइएको छ ।...बाँकी अंश →


७२ घरपरिवारलाई खानेपानी

बनेपा, २९ जेठ  ,,  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ । खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको आयोजना र ग्रामीण खानेपानी सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को आर्थिक सहयोगमा च्यासिङखर्क खानेपानी तथा सरसफाइ...बाँकी अंश →


चितवन दूधमा आत्मनिर्भर

चितवन, २९ जेठ  ,,  देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । केन्द्रका प्रमुख डा...बाँकी अंश →


कर्णालीमा कृषकको पहिचान गर्न माग

सुर्खेत २८ जेष्ठ  ,,  कर्णालीका कृषकले वास्तविक कृषकको पहिचान गर्नुपर्ने माग गरेका छन् । कृषक समूह महासङ्घ नेपाल र इन्सेक कर्णाली प्रदेश कार्यालयले सुर्खेतमा आयोजना गरेको कृषिका सवाल पहिचान र समधानमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा सहभागी कृषकले प्रदेश सरकारले वास्तविक कृषक पहिचान गरी परिचयपत्र उपलब्ध गराउन माग गरेका हुन् ।...बाँकी अंश →


पूँजीबजारमा झिनो सुधार

काठमाडाँै, २८ जेठ  ,,  सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामिएको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले बढेर २७२.८६ अङ्कमा पुगेको...बाँकी अंश →


पर्यटकीय गन्तव्य बन्दै याङ्जाकोटको प्राचीन पोखरी

पोखरा, २८ जेठ  ,,  कास्कीको मादी गाउँपालिका याङ्जाकोटस्थित प्राचीन पोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । खानेपानीको सङ्कटलाई केही हदसम्म भए पनि सुलभ बनाउने लक्ष्यका साथ पुर्खाले झण्डै साढे दुई सय वर्षअघि खनेको पुरानो र ऐतिहासिक महत्व बोकेका सो पोखरीको संरक्षण तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको...बाँकी अंश →


प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

दमौली, २८ जेठ  ,,   सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने मूल नारा साथ तनहुँको बन्दीपुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमको आज बन्दीपुर गाउँपालिका–२ मोहोरियामा गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले नाला निर्माणको शुभारम्भ गर्नुभयो । अध्यक्ष थापाले...बाँकी अंश →


भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन

काठमाडौँ, २८ जेठ  ,,  सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म पर्यटन जागरणका रुपमा भ्रमण वर्ष अभियान सञ्चालनका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी (प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter