०७ चैत २०८२

प्रदेश

सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध

ओखलढुङ्गा, २७ असार  ,,  लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण आजदेखि सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो । सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने भँडारेको भलका कारण सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु भएर राजधानी र तराईका...बाँकी अंश →


संसदीय पत्रकारिता तालीम शुरु

रुपन्देही, २७ असार  ,,  संसदीय पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालीम रुपन्देहीमा आजदेखि शुरु भएको छ । मिडिया एक्शन नेपालको आयोजना र ‘अष्ट्रेलियन एड’को सहयोगमा आयोजना गरिएको तालीममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पा जिल्लाका ३० पत्रकारको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने तालीममा संसदीय पत्रकारिताको सिद्धान्त र अभ्यासबारे प्रशिक्षण दिँदै प्रा...बाँकी अंश →


दुर्घटनामा एकको मृत्यु

परासी, २७ असार   ,,  पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा एकको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च २७५१ नम्बरको कार गए राति ११ः३० बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत भूमहीमा लु २ ख ३१२१ नम्बरको रोकिराखेको ट्रकमा ठक्कर खाँदा...बाँकी अंश →


पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन जटिल

काठमाडौँ, २७ असार   ,,  अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकामा भएका साँघुरा सडक समयमा कालोपत्र नहुँदा र अविरल वर्षाका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको हो । काठमाडौँ उपत्यकाभित्रको सवारी आगमनको सुरक्षित प्रवाह गराउने उद्देश्यका साथ स्थापना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्ति...बाँकी अंश →


चितवनमा ४७ प्रतिशत मात्र रोपाइँ

चितवन, २७ असार   ,,  जिल्लामा ४७ प्रतिशत रोपाइँ भएको छ । मनसुन ढिलो सक्रिय हुँदा र आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यताका कारण जिल्लामा अपेक्षाकृत रोपाइँ नभएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले जिल्लामा कूल धान रोपाइँ २८ हजार ६०० हेक्टरमध्ये आजसम्म करीब...बाँकी अंश →


हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ, २७ असार  ,,  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल...बाँकी अंश →


चलचित्र निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

चलचित्र निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गर्नुभएको छ । नायिक पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिनुभएकाले आज काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच...बाँकी अंश →


शेयर बजारः ओरालो यात्रा कायमै

काठमाडौँ, २६ असार  ,,  बुधबार ओरालो लागेर बन्द भएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज पनि सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक शून्य दशमलव ६२ बिन्दुले घटेर एक हजार २४८ दशमलव ५३ मा पुगेको छ । यस्तै ठूला कम्पनीका शेयर कारोवार मापन...बाँकी अंश →


साझाका रात्रिकालीन बस सेवा शुरु

काठमाडौँ, २६ साउन  ,,  साँझ ६÷७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस शुरु गरेका हुन् । तीन रुटमा बस शुरु...बाँकी अंश →


घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, २६ असार  ,,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टलाई रु पाँच हजार घुससहित पक्राउ गरेको छ । विष्टले एक सेवाग्राहीको घरमा नयाँ मिटर जडान गर्ने क्रममा विभिन्न बहाना देखाउँदै घुस मागेको अभियोग लागेको छ । आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले...बाँकी अंश →


बेलीब्रिज जीर्ण

स्याङ्जा, २६ असार  ,,  कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा स्याङ्जा र गुल्मी जिल्लालाई जोड्न जलविद्युत् आयोजनाको ड्यामभन्दा केही तल कालीगण्डकी नदीमा निर्माण गरिएको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । जलविद्युत् आयोजना निर्माणका क्रममा निर्माण गरिएको सो बेलिब्रिज आयोजना निर्माण भएर विद्युत् सञ्चालनमा आइसकेपछि लामो समयसम्म मर्मतसम्भार नहुँदा...बाँकी अंश →


वर्षासँगै मौरीको चरनमा समस्या

चितवन, २६ असार  ,,  वर्षा लागेसँगै मौरीपालक किसानका लागि चरनको समस्या भएको छ । विशेषगरी वर्षायाममा फूल फुल्ने वनस्पति खेती कम हुने भएकाले चरनको समस्या देखिएको हो । चरनको समस्या भएपछि मौरीका लागि चाहिने आहारा किनेर खुवाउनुपर्ने बाध्यता रहेको किसान बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मौरी जोन चितवनका प्रमुख...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter