शुक्रबार, १४ बैशाख २०८१

चलचित्र निर्माता ओझा र नायिका पोखरेलबीच सहमति

२६ असार २०७६, बिहीबार १६:४७ मा प्रकाशित

चलचित्र निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गर्नुभएको छ । नायिक पोखरेलले श्रीमान्बाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिनुभएकाले आज काठमाडौँस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो । परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिनुभयो । सहमतिपछि परिसरमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै नायिका पोखरेलले भन्नुभयो, “मलाई जे प¥यो त्यो मैले भोगेँ, यदी कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।” पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा माग्नुभएको बताउनुभयो । छलफलपछि पत्रकारसँग कुरा गर्दै चलचित्र निर्माता ओझाले सामान्य घर झगडा प्रहरीमा आउनुपर्ने खालको थिएन तर यसमा मेलमिलाप भइसकेकोे जानकारी दिनुभयो । ‘लज्जा’ चलचित्रबाट शिल्पालाई ओझाले नै चलचित्रको नायिकामा डेब्यु गराउनुभएको थियो । अभिनेत्री रेखा थापासँग डिभोर्सपछि ओझाले शिल्पासँग विवाह गर्नु भएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter