आइतबार, ०६ जेठ २०८१

संसदीय पत्रकारिता तालीम शुरु

२७ असार २०७६, शुक्रबार १२:१३ मा प्रकाशित

रुपन्देही, २७ असार  ,,  संसदीय पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालीम रुपन्देहीमा आजदेखि शुरु भएको छ । मिडिया एक्शन नेपालको आयोजना र ‘अष्ट्रेलियन एड’को सहयोगमा आयोजना गरिएको तालीममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पा जिल्लाका ३० पत्रकारको सहभागिता रहेको छ । दुई दिनसम्म चल्ने तालीममा संसदीय पत्रकारिताको सिद्धान्त र अभ्यासबारे प्रशिक्षण दिँदै प्रा रामकृष्ण रेग्मीले संसद्मा छलफल हुने सबै विषयवस्तु मिडियाको मुख्य सरोकारको विषय हुने गरेकाले संसदीय विषयमा पत्रकार जानकार हुनुपर्ने बताउनुभयो । “तीन तहका सरकारका गतिविधि, प्रक्रिया र कारवाहीबारे सूचना सङ्कलन गरी प्रसारण गर्ने भएकाले पत्रकारले आफूलाई तयारी अवस्थामा राख्नुपर्छ”, उहाँले भन्नुभयो । तालीममा मिडिया र संसद्बीचको अन्तरसम्बन्ध, संसदीय पत्रकारिताका विषय, सुशासनलगायतका विषयमा छलफल हुने मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter