
अजय मिश्र / कृष्णनगर कपिलवस्तु भाद्र ११ सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म ३९ द्वारा आज लाखौ रकम बराबरको अबैध मोटर पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल कृष्णनगर बाट खटिएको मोबाइल टोलीले कृष्णनगर नगरपालिका वडा नं ११ झिंगहा चोक बाट भारत बाट अबैध रुपमा भन्सार छली गरि ल्याउदै गर्दा विशेष...बाँकी अंश →

धम्बोझी, ११ भदौ कहिले विषादी तरकारीको हल्लाले गर्दा उपभोक्ता जङ्गली साग अर्गानिक हुने भन्दै त्यस्ता तरकारी बजारमा किन्ने गर्छन् । कुनै विषादी एवं रासायनिक मलखाद नपरेको जङ्गली सागको बिक्री बजारमा पाइने अन्य साग र तरकारीको तुलनामा बढी स्वास्थ्य लाभ हुने भएको हुनाले आफू बढी जङ्गली तरकारी किन्ने गरेको गुलरिया वडा...बाँकी अंश →

हेटौँडा, ११ भदौ प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ । पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण गर्न बनेको विधेयक २०७६ रहेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री...बाँकी अंश →

काठमाडौँ, ११ भदौ आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन् । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–बिपी चोक सडकको वाग्मती–भद्रवास खण्ड असार पहिलो साता काम शुरु गर्दा अलपत्र बनेको हो । दुईतिर पर्खाल लगाइएको करीब ४७१...बाँकी अंश →

सुर्खेत, ११ भदौ पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको केन्द्र बड्डीचौर नजिकै सुनद्वारी गाउँ छ । ८३ घरधुरी रहेको यस गाउँमा ३० जना कृषक मिलेर सुनद्वारी दूग्ध उत्पादन तथा वितरण कृषक समूह सञ्चालनमा ल्याएका छन् । गत आर्थिक वर्ष प्रदेश सरकारको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो समूहलाई ६० वटा भैँसी...बाँकी अंश →

तुलसीपुर, ११ भदौ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना(मकै सुपरजोन कार्यक्रम) लागू भएको भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको विभिन्न परिकार बेचेर आम्दानी गर्दै आउनुभएको हो । उक्त परियोजनाले मकै उत्पादनका साथै त्यसका परिकार बनाउन प्रोत्साहन...बाँकी अंश →

काठमाडौँ, ११ भदौ राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्र्रतिनिधिले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहितको संविधान जारी भएको...बाँकी अंश →

काठमाडौँ, ११ भदौ राप्रपा (संयुक्त) ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिले सङ्घीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि तयारी गर्नाका साथै विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तयार गर्नेछ ।सो...बाँकी अंश →

काठमाडौँ, ११ नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो । खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मात्र सिमेन्ट कारखाना...बाँकी अंश →
काठमाडौँ, ११ भदौ नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो । खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मात्र...बाँकी अंश →

काठमाडौँ, ११ भदौ भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई भूटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । भारतको कल्याणी रङ्गशालामा भोलि बिहीबार हुने अन्तिम लिग खेलमा नेपालले भूटानलाई पराजित गरेमा मात्र फाइनलमा स्थान बनाउने छ । त्यस्तै हिजो भएको खेलमा नेपालले साविक विजेता...बाँकी अंश →

चितवन, ११ भदौ दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् । आफ्नो लडाइँ र त्यागबाट प्रत्यक्ष आफूले केही नपाउने भन्दै उनीहरुले बाख्रापालन शुरु गरेका हुन् । माडी नगरपालिका–६ स्याउलीवासमा स्थानीय नेत्रप्रसाद काफ्ले र चेतनारायण तिवारीले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: