आइतबार, २९ साउन २०७९

सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा उत्खननको क्रम बढ्दो

११ भाद्र २०७६, बुधबार १४:३३ मा प्रकाशित

काठमाडौँ, ११   नेपालमा सिमेन्ट कारखाना सञ्चालनका लागि चाहिने चुनढुङ्गा उत्खननको क्रम बढ्दो छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न पछिल्लो समय सिमेन्ट कारखाना खोल्न आवश्यक पर्ने कच्चा पदार्थ खोस्रने क्रम बढेको हो । खानी तथा भूगर्भ विभाग खनीज सम्पदा महाशाखाका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा मात्र सिमेन्ट कारखाना सञ्चालनका लागि छ कम्पनीले चुनढुङ्गा उत्खनन गर्न नयाँ खानी भाडामा लिएका छन् । चुनढुङ्गा लिने कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री, अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका छन् । खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरे पछिल्लो समय सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा, डोलोमाइट र खरीको खानी लिनेको सङ्ख्या बढेको बताउनुहुन्छ । “घर तथा भौतिक पूर्वाधार निर्माणका लागि सबैले सिमेन्ट प्रयोग गर्ने भएकाले पनि यसका लागि चुनढुङ्गा लिनेको क्रम बढेको हो”, उहाँ भन्नुहुन्छ । आव २०७५÷०७६ मा मात्र ४६ सिमेन्ट उद्योग तथा कम्पनीले चुनढुङ्गा उत्खनन गर्दै आएका छन् । चुनढुङ्गा उत्खननका लागि भित्री मधेश तथा पहाडी क्षेत्र राम्रो मानिन्छ । सरकारले आव २०७५÷०७६ मा सबै खाले खानी उत्खननको राजश्वबापत मात्र रु ६१ करोड ८१ लाख ५६ हजार आम्दानी गरेको छ । यस्तै खनिजको नवीकरणबापत रु १५ करोड १८ लाख आम्दानी भएको जनाएकोे छ । –––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter