०८ असार २०८३

प्रदेश

पशुपतिमा तीजको तयारी पूरा

काठमाडौँ, १५ भदौ  यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको जानकारी दिइयो । पहिलो लाम...बाँकी अंश →


हिउँद बर्खा खस्ने रिल पहिराको जोखिम

दार्चुला, १५ भदौ  हिउँद होस् या बर्खा जहिल्यै पहिरो खस्छ, मार्मा गाउँपालिका–३ स्थित रिल पहिरोमा । विसं २०४२ को भूकम्पपछि यस क्षेत्रमा पहिरो खस्न थालेको हो । पहिरो खस्न थालेकै ३४ वर्षभन्दा बढी भयो । निरन्तर खसिरहने पहिराका कारण सल्लेथुमका दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । सल्लेथुम डाँडाबाट हिउँद–बर्खा...बाँकी अंश →


आँखा परीक्षण जाँच हुने

विराटनगर, १५ भदौ  विराटनगर आँखा अस्पतालले नगरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टिदोष हटाउन आजदेखि सम्पूर्ण सुविधायुक्त ‘भिजन भ्यान’ गाडीभित्र नै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । अरविश इन्टरनेशनलले रिच प्रोग्रामअन्तर्गत रु ३२ लाख ७२ हजार र नेपाल नेत्र ज्योति सङ्घ मोरङको रु १० लाख गरी रु ४२ लाख ७२ हजारको...बाँकी अंश →


सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक

लहान, १५ भदौ  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रूपान्तरणका लागि महिला सशक्तीकरण आवश्यक रहेको बताउनुभएको छ । प्रदेश २ सरकारद्वारा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको लहानस्थित लक्ष्मण ललिता कुशवाहा माविका छात्राहरुलाई आज एक कार्यक्रमबीच साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नै महिला सशक्तीकरण रहेकाले...बाँकी अंश →


नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु

काठमाडौँ, १५ भदौ  विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । बीचमा फलाम र दुवैतर्फ कङ्क्रिट भएको आकाशे पुल...बाँकी अंश →


मुख्यमन्त्रीद्वारा शुभकामना

कैलाली, १५ भदौ  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अटवारी पर्वका अवसरमा थारु समाजमा मनाइने पर्वहरुले सामाजिक एकता, भ्रातृत्व र शान्तिको सन्देश दिन प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री भट्टले थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको मौलिकताको पर्व भन्दै यो पर्वले थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासी, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख,...बाँकी अंश →


बहाव बढ्दा पुल बग्यो, दर्जनौं घर जोखिममा

जाजरकोट, १५ भदौ  शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका–५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बगाएकाले यहाँको बाटो अवरुद्ध भएको छ । गाउँको बीचमा रहेको रहेको सिर्के खोलाको बाढीले काठेपुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा जान नसकिने भएको छ । पुल नहुँदा जुनिबाल संरक्षण माविमा पढ्ने विद्यार्थी...बाँकी अंश →


आलेख ः बुद्ध शिक्षाको व्यावहारिक र वैज्ञानिक ग्रन्थ ‘त्रिपिटक’

रुपन्देही, १५ भदौ  रुपन्देही, १५ भदौ (रासस) ः गौतम बुद्धको महापरिनिर्वाण पछि शोकमग्न भिक्षुहरुसँग सुभद्र नामक एक भिक्षुले भने – “भिक्षुहरु, शोक नगर, रोदन नगर ! हामीहरुले महाश्रमणबाट छुटकारा पाएका छौं । उनी हुँदा जहिले पनि ‘यो गर, यो नगर’ भन्थे तर, अब हामी जे मन लाग्यो त्यही गर्न पाउने...बाँकी अंश →


डेङ्गुु रोकथामका लागि अभियान सुरु

डोटी, १५ भदौ  पहिलो पटक डेङ्गुु रोगका कारण जिल्लामा एकको हालै मृत्यु भएपछि आजदेखि त्यसको रोकथामका लागि पहल थालिएको छ ।उक्त अभियानका क्रममा जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेङ्गुुका बारेमा जानकारी गराउनाका साथै डेङ्गुु सार्ने एडिस लामखुट्टेको फुल पार्ने स्थान खोजी र नष्ट गर्न थालिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो...बाँकी अंश →


१२ जनामा डेङ्गु

भक्तपुर, १५ भदौ  देशभरि फैलँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार दोब्बर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिनुभयो । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको...बाँकी अंश →


थारू समुदाय अटवारी पर्व मनाउँदै

कञ्चनपुर, १५ भदौ  ः दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायका दाजुभाइहरुले आज अटवारी पर्व मनाउँदैछन् । कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका कैलाली, बाँके बर्दिया, दाङ लगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । शुक्लपक्षको आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी साँझ...बाँकी अंश →


छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ ः मन्त्री राई

नेपालगन्ज, १५ भदौ  शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले शुक्रबार नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद हो भन्नुभयो । “नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter