बिहिबार, २० बैशाख २०८१

प्रदेश ३

तिहारमा २५ लाख मालाको माग

काठमाडौँ, ७ कात्तिक    यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ । बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो...बाँकी अंश →


बलात्कारपछि हत्या घटनामा संलग्नलाई अमेरिकाबाट पक्राउ

काठमाडौँ, ७ कात्तिक    ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको...बाँकी अंश →


विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ

काभ्रेपलाञ्चोक, ७ कात्तिक    प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । “विशेष...बाँकी अंश →


न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने

काठमाडौँ, ६ कात्तिक  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा उहाँले उक्त वचन दिनुभएको हो । प्रधानमन्त्री ओलीले...बाँकी अंश →


गाँजाखेती नष्ट

काठमाडौँ, ६ कात्तिक  स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी अंश →


बीससडक बालबालिकाको उद्धार

काठमाडौँ, ६ कात्तिक  बालबालिका खोजतलास केन्द्रले गौशाला क्षेत्रबाट २० सडक बालबालिकालाई उद्धार गरेकोे छ । सरकारले नयाँ बसपार्क, पशुपति, रत्नपार्क र स्वयम्भूलगायत क्षेत्रलाई मगन्तेमुक्त क्षेत्र घोषणा गरेसँगै प्रहरीको बालबालिका खोजतलास केन्द्रले आज बिहान उनीहलाई नियन्त्रणमा लिएको थियो। राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रलगायत सङ्घ÷संस्थाले सडक बालबालिकामुक्त शहर निर्माण गर्ने अभियानअन्तर्गत उनीहरूलाई...बाँकी अंश →


राजनीतिमा अपराधीकरण अक्ष्यम्य ः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ६ कात्तिक  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताउनुभएको छ । उहाँले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । “मान्छेलाई जिउँदै जलाउने,...बाँकी अंश →


कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

काठमाडौँ, ६ कात्तिक  नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका छन् । लामो समयदेखि आप्रवासी कामदारका क्षेत्रमा क्रियाशील सङ्घसङ्गठनले आवाज उठाउँदै आएका विषयलाई सम्बोधन गर्ने गरी कतार सरकारले श्रम कानूनमा व्यापाक सुधार गर्ने घोषणा गरेको...बाँकी अंश →


समृद्धिका लागि समाजवाद आवश्यक

काठमाडौँ, ६ कात्तिक    समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने अन्तिम लक्ष्य राखेको बताउनुभएको छ । नेकपासहित विभिन्न पार्टीमा कार्यरत कार्यकर्ता तथा स्थानीय युवाको पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाली काङ्ग्रेस र नेकपाले भन्ने गरेकोजस्तो समाजवाद नेपाली जनताले...बाँकी अंश →


तीन वर्षभित्रमा सबैको घरमा बिजुली ः मन्त्री पुन

चितवन, ६ कात्तिक  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तीन वषभित्र सबै नेपालीको घरमा बिजुली बल्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको नारायणी नदी तटबन्धनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस आर्थिक वर्षमा ४१ जिल्ला पूर्ण विद्युतीकरण हुने बताउनुभयो । मन्त्री पुनले सो कामका लागि चालु आर्थिक वर्षमा...बाँकी अंश →


अब भोकै बस्नु पर्दैन…

काठमाडौँ, ६ कात्तिक  सर्लाही लालबन्दीकी एकल महिला ६५ वर्षीया दिलमाया मगर उपचारको आशमा छोरासँगै काठमाडौँ आउनुभयो । निको भएर हँसीखुशी फर्कने उहाँको धोको थियो । ढाडमा नशा च्यापिएकाले उपचारमा झण्डै रु एक लाख लाग्यो । निको नहुँदै खर्च धेरै भएको निहुँमा छोरा बुहारीले हेलाँ गर्न थाले । उनीहरु काठमाडौँको एक...बाँकी अंश →


करेन्ट लागेर एकको मृत्यु

कात्तिक, ६ मेलम्ची    भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान करेन्ट लागेका हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्कीकोे स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter