शनिबार, १५ बैशाख २०८१

प्रदेश २

रगतको अभाव

राजविराज, २६ भदौ  सप्तरीको राजविराजस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । “गर्मीसँगै रक्तदान कार्यक्रम कम हुँदै गएकाले रगतको अभाव भएको केन्द्रका इन्चार्ज नवीनकुमार झाले बताउनुभयो । रगत अभाव परिपूर्ति गर्न साटासाट प्रणाली लागू गरे पनि यहाँ रगत अभाव रहेको उहाँले बताउनुभयो । बढ्दो गर्मी र बिरामीको आवश्यकता अनुसारको रगत...बाँकी अंश →


तातोपानीका मुहान पुरिँदै ः संरक्षणको आवश्यकता

गलेश्वर, २५ भदौ  प्राकृति चिकित्सालयका रुपमा चर्चित म्याग्दीका तातोपानी कुण्डका मुहान पुरिँदै गएपछि कुण्ड पनि सङ्कटमा पर्न थालेका छन् । बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दी खोलाको चपेटामा परेका हुन् । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भल बाढी र नदी कटानको जोखिममा तातोपानीका...बाँकी अंश →


वर्षायाममा पनि खानेपानीको अभाव कायमै

बारा, २५ भदौ  बाराको जितपुर सिमरा उपमहानगरपालिकाअन्र्तगत पर्ने अम्लेखगञ्ज क्षेत्रमा लामो समयदेखि खानेपानीको अभाव सिर्जना भएको छ । खाने पानीका लागि स्थानीय पुराना धारा, नदी, प्राचीन ढुङ्गेधारा तथा खोलाको पानी खान बाध्य भएका छन् । यसको प्रभाव अति व्यस्त पूर्व–पश्चिम राजमार्ग र पथलैया–वीगञ्ज राजमार्गको आसपासमा रहेका होटलमा समेत परेको छ...बाँकी अंश →


खडेरीको चिन्ताले किसान पिरोलिँदै

महोत्तरी, २५ भदौ  दिनहुँ झमझम पानी परी रहेर धान गोड्न खेतमा हुनुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका छन् । लामो खडेरीले धान रोपिएको खेत चिरा परेर (धाँजा फाटेर) रोपो पहेँलिदै गएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका हुन् । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत साउनमध्ययता...बाँकी अंश →


नेकपाको शपथ कार्यक्रममा तोडफोड

महोत्तरी, २४ भदौ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ । महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो । अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट...बाँकी अंश →


सर्पदंशका बिरामीको उपचारमा सहज

महोत्तरी, २४ भदौ    अत्यन्त आवश्यक उपकरणको अभावले उपचारमा समस्या ब्यहोरीरहेको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा क्रमशःउपकरण थपिँदै गएका छन् । विभिन्न संस्थाले आवश्यक उपकरण प्रदान गर्दै जाँदा सर्पदंशका जटिल प्रकृतिका बिरामीको उपचार पनि सहज बन्दै गएको हो । पछिल्लोपटक विपद् व्यवस्थापन र अन्य सामाजिक गतिविधिमा सरिक रहँदै आएको...बाँकी अंश →


जिल्ला अस्पतालमा औषधि अभाव

बारा, २३ भदौ  जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ । अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको छ । सेवा...बाँकी अंश →


उजाडिँदो वनबारे महोत्तरीमा चिन्ता

महोत्तरी, २३ भदौ    महोत्तरी, २३ भदौ (रासस) ः विगतमा चारकोसे झाडी भनिने महोत्तरीको वनक्षेत्र दिनहुँ उजाडिने क्रम बढ्दो छ । जिल्लाको दक्षिणी क्षेत्रबाट पूर्वपश्चिम राजमार्ग छिचोल्न पार गर्नुपर्ने सघन वनक्षेत्र पछिल्ला चार दशकयता उजाडिने क्रम बाक्लिएको हो । विसं २०३६ अघि करिब ४० हजार हेक्टरको हाराहारीमा रहेको जिल्लाको राष्ट्रिय...बाँकी अंश →


सर्पले डस्दा महिलाको मृत्यु

राजविराज, २३ भदौ  सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् । घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।बाँकी अंश →


वृद्धको हत्या

धनुषा, २३ भदौ  धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषाको मिथिला विहारी नगरपालिका–९ कटरैत बस्ने ६५ वर्षीय रामवरण शर्माको हत्या गरिएको हो । अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । तारापट्टी बजारबाट बेलुकी...बाँकी अंश →


गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई पक्राउ

सुरुङ्गा २३ भदौ    झापाको गौरादह नगरपालिकामा अज्ञात समूहले आइतबार राति बम विष्फोट गराएको छ । विफोष्टका कारण प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे...बाँकी अंश →


महोत्तरीका १४ स्थानीय तह खुला दिसामुक्त घोषित

महोत्तरी, २३ भदौ    महोत्तरी जिल्लाका १४ स्थानीयतह खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएका छन् । पछिल्लोपटक जिल्लाको लोहारपट्टी नगरपालिका आइतबार खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र घोषणा भएपछि यो सङ्ख्या १४ पुगेको हो । अब जिल्लामा जिल्ला सदरमुकाम रहेको जलेश्वर नगरपालिका मात्र खुला दिसामुक्त र पूर्ण खोपयुक्त...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter