आइतबार, ०६ जेठ २०८१

जिल्ला अस्पतालमा औषधि अभाव

२३ भाद्र २०७६, सोमबार १६:५० मा प्रकाशित

बारा, २३ भदौ  जिल्ला अस्पताल कलैयामा औषधि अभाव भएको छ । औषधि अभावका कारण सेवाग्राही मारमा परेका छन् । औषधि अभावबारे अस्पताल व्यवस्थापन समिति बेखबर छ । अस्पतालमा चिकित्सकसहित ५९ जनाको दरबन्दी रहेकामा पाँच चिकित्सकसहित ११ कर्मचारी मात्र कार्यरत छन् । जनशक्ति नहुँदा अस्पतालको कामकाज प्रभावित भएको छ । सेवा नै बन्द गर्नुपर्ने अवस्था रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रेमचन्द्र चौरसियाले बताउनुभयो । यसअघि दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका थिए । “अहिले सेवाग्राहीको सङ्ख्या घटेको छ”, उहाँले भन्नुभयो । चिकित्सक नहुँदा सुत्केरी सबैभन्दा बढी प्रभावित छन् । उनीहरु निजी क्लिनिक तथा अन्य अस्पताल धाउन बाध्य छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter