शनिबार, १५ बैशाख २०८१

प्रदेश १

अभिभावकको समर्थनमा प्रधानाध्यापकको पुनर्बहाली

काँकडभिट्टा, १ जेठ (रासस) पाँचदिन अघि विद्यालय सञ्चालकद्वारा मनोमानीपूर्वक हटाइएका मेचीनगर–१३ चारआलीस्थित लिटल एन्जेल्स बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेश सेढाई अभिभावकको समर्थनमा पुनर्बहाली हुनुभएको छ । एक हजारभन्दा बढी विद्यार्थी रहेको लिटल एन्जेल्सका सञ्चालकले प्रधानाध्यापक सेढाईलाई गत शुक्रबार हटाएका थिए । तर उनलाई हटाइएकोमा विरोध जनाउँदै सयौँ अभिभावकले सोमबार विद्यालयमा तालाबन्दी...बाँकी अंश →


विवाहिताहरु आज वटसावित्री पर्व मनाउँदै

विराटनगर, १ जेठ (रासस) ः मिथिलाञ्चलमा अखण्ड शौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहिताहरु वटसावित्री पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन् । यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।...बाँकी अंश →


खुला दिसाका कारण प्रत्येक घण्टा एकको मृत्यु हुने

विराटनगर, १ जेठ (रासस) ः घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती...बाँकी अंश →


अनुप स्मृति गोल्ड कपको उपाधि नेर्पालाई

खोटाङ, १ जेठ (रासस) ः अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेल मैदानमा भएको फाइनल खेलमा बुइपा सेवा समाज बुइपालाई टाइबे्रकरमा हराउँदै नेर्पाले गोल्ड कपको उपाधि उचालेको हो । निर्धारित समयमा बराबरी २–२ गोल भएपछि भएको टाइबे्रकरमा बुइपालाई ६–५ गोल...बाँकी अंश →


भारतीय प्रधानमन्त्रीको भ्रमण उपलब्धिमूलक

काठमाडौँ, ३१ वैशाख (रासस) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण उपलब्धिमूलक भएको नेताहरुले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता पशुपति शम्शेर जबराले यसअघि नेपाल र भारतबीचको सम्बन्धमा केही फाटो आएको भए पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले दुबै देशबीचको...बाँकी अंश →


स्पोर्टर्स अवार्ड ः चार विधाका खेलाडी मनोनयन

काठमाडौँ, ३१ वैशाख (रासस)  नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन आज सार्वजनिक गरिएको छ । मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की...बाँकी अंश →


औद्योगिक क्षेत्र विद्युत्भार कटौती मुक्त ः उद्योग व्यवसायी हर्षित

काठमाडौँ, ३१ वैशाख (रासस) ः घरायसी ग्राहकले गत वर्षको असोजदेखि नै नियमित रुपमा विद्युत् पाए पनि औद्योगिक क्षेत्रका ग्राहकले दैनिक तीन घण्टा विद्युत्भार कटौतीको समस्या व्यहोर्दै आएका थिए । विद्युत्को मागको तुलनामा आपूर्ति कम भएपछि औद्योगिक क्षेत्रका ग्राहकलाई प्राधिकरणले नियमित रुपमा विद्युत् उपलब्ध गराउन सकेको थिएन । पछिल्लो पटक ऊर्जा...बाँकी अंश →


भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई स्पष्टीकरण

दमक, ३१ वैशाख ९रासस० सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसंग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुशी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कूललाई कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै...बाँकी अंश →


बम विस्फोटको आरोपमा पक्राउ

बनियानी, झापा, ३० वैशाख (रासस) ः झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आज बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । बिहान करीब ३ बजे...बाँकी अंश →


किरात राई पत्रकार संघको अध्यक्षमा भीम निर्वाचित

खोटाङ, ३० वैशाख (रासस) ः किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित हुनुभएको छ । सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले हराउँदै भीम राई अध्यक्षमा निर्वाचित हुनुभएको हो । विजयी भीमको पक्षमा ५४ र निकटतम प्रतिस्पर्धी प्रकाशले पाँच मत मात्र प्राप्त गर्नुभएको...बाँकी अंश →


राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द, हडताल गर्नुपर्दैन ः काँग्रेस प्रवक्ता शर्मा

दमक, २९ वैशाख (रासस) ः नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताउनुभएको छ । उहाँले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गर्नुभयो । झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र...बाँकी अंश →


सवारी चालक अनुमतिपत्र नवीकरणमा सहजता

विराटनगर, २९ वैशाख (रासस) ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सवारी चालक अनुमतिपत्र नवीकरणजस्तो सहज कार्यमा सेवाग्राहीले व्यहोर्नु परेको दुःख कष्टको अब अन्त्य भएको बताउनुभएको छ । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण कार्यको आज शुभारम्भ गर्दै उहाँले जनताले घण्टौँ लाइनमा बस्नु पर्नेलगायतका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter