०४ पुष २०८२

प्रदेश ५

चौधरीको शव फेला, अझै तीन बेपत्ता

बाँके, १२ असोज ,,   एक महीना दिनअघि भारतको बहराईचको बैरिखल्ला जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर चौधरीको मृत अवस्थामा शव फेलापरेको छ । तीनजना अझै नभेटिएपछि पीडित परिवारले खोज अनुसन्धान गर्न नेपाल सरकारसँग माग गरिरहेका छन् । भारतस्थित बहराईच जिल्लाको बैरिखल्ला भन्ने जङ्गलमा चार नेपाली हराएकामध्ये हाङ्ले भन्ने इन्दबहादुर...बाँकी अंश →


लुम्बिनीलाई प्रदूषणबाट जोगाउने चुनौती

बुटवल, १२ असोज ,,   बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रलाई प्रदूषणको चपेटाबाट जोगाउन सचेत हुनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी र बुद्धको जीवनीसँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीको रामग्रामलगायतका क्षेत्र खुल्ला सङ्ग्रहालयको रुपमा रहेका विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक वस्तुहरुको प्रदूषणबाट जोगाउन समयमै ध्यान जानुपर्नेमा समेत जोड दिइएको छ...बाँकी अंश →


काञ्जी हाउस’ निर्माण गर्दै उपमहानगरपालिका

नेपालगञ्ज, बाँके, १२ असोज,,   नेपालगञ्जमा छाडा चौपायाको समस्या बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले ‘काञ्जी हाउस’ ९पशु थुनुवा घर० निर्माणमा चासो देखाएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ मा रहेको चार विघा १२ कठ्ठा ६ धुर जग्गामा उक्त भवन निर्माण गर्न उपमहानगरपालिकाले पहल सुरु गरेको कार्यवाहक नगर प्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।...बाँकी अंश →


पश्चिम दाङमा तोरी क्षेत्रको योजना

घोराही, ११ असोज ,,  जिल्ला कृषि विकास कार्यालयले जिल्लाको पश्चिम क्षेत्रलाई तोरी क्षेत्रका रुपमा अगाडि सार्ने योजना बनाएको छ । कार्यालयले जिल्लामा तेलहन पदार्थको आयात घटाउन तथा स्थानीयवासीलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम अगाडि बढाइएको हो । पश्चिम दाङको खेतीयोग्य जमीनलाई तोरी क्षेत्रका रुपमा स्थापित गर्नसके जिल्ला तेलहनमा आत्मनिर्भर हुने देखिन्छ...बाँकी अंश →


किसान उखुको भुक्तानीबाट वञ्चित

नवलपरासी, ११ असोज ,,    पश्चिम नवलपरासीका किसान उखुको भुक्तानीबाट वञ्चित भएका छन् । यहाँका चिनी उद्योगले किसानलाई रु ४५ करोड भुक्तानी गर्न बाँकी रहेको छ । रकम नपाएपछि किसान आन्दोलनको तयारीमा जुटेका छन् । किसानले चिनी उद्योगबाट अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, यस वर्ष समयमै उखुको मूल्य निर्धारण गरिनुपर्नेलगायत...बाँकी अंश →


विमानस्थल उडानविहीन

मुसिकोट, १० असोज,,   रुकुम पश्चिमका दुई विमानस्थल उडानविहीन बनेका छन् । जिल्लाको सल्ले र चौरजहारी विमानस्थल उडानविहीन बनेका हुन् । हवाई सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या परेको छ । विगत १५ महिनादेखि चौरजहारी विमानस्थलको हवाई सेवा ठप्प बनेको विमानस्थल स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । नेपाल वायुसेवा निगमसँग प्रयाप्त जहाज...बाँकी अंश →


‘बिजुली र सडक चाहियो माननीय ज्यू’

बाँके, १० असोज ,,   ‘हामीलाई बिजुली र सडक चाहियो माननीय ज्यू, निर्वाचनका बेला गरेका प्रतिबद्धता तपाईले पूरा गर्नैपर्छ,’ नरैनापुर गाउँपालिका–५ का सालिकराम यादवले भन्नुभयो, “हामीलाई नेपाली भएर बाँच्नु छ, तर राज्यले त्यो अधिकार खोसेको छ ।” जनतासँग सांसद नारा दिएर गाउँ पुगेका सङ्घीयसभाका सांसद महेश्वरजङ्ग गहतराज र प्रदेशसभा सदस्य कृष्ण...बाँकी अंश →


छोटी भन्सारसुठौलीकार्यालयको आजठूलो भन्सार नाका अर्थमन्त्रीयुवराज खतिवडा द्धारा उद्घाटन हुँदै

इमरानखान कपिलवस्तु9 आश्विन । कपिलवस्तुको छोटी भन्सारसुठौलीलाई ठूलो भन्सार नाकाभन्सार कार्यालयबनाउने सांसद पंथी र प्रतिनिधिसभा सदस्य बृजेश कुमार गुप्ताको अथकप्रयास बाट आज छोटी सुठौलीभन्सार कार्यालयलाईसुठौलीठूलो भन्सार नाकाकार्यालयको उद्घाटन आज अर्थमन्त्रीयुवराज खतिवडा द्धाराहुने भएको छ । छोटी भन्सार कार्यालयको रुपमाकामगरिरहेको सुठौलीनाकाआज देखि ठूलो भन्सार नाकाको रुपमा स्तरउन्नतीहुने भएको हो । भन्सार...बाँकी अंश →


बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन

बैतडी, ९ असोज ,,   सरकारले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन रहेका छन् । देश सङ्घीय संरचनामा गई स्थानीय सरकार गठन भएको एक वर्ष बढी बितिसक्दा समेत यहाँका छ गाउँपालिका र चार नगरपालिका अझै शिक्षा शाखा प्रमुखबिहीन बनेका छन् । शिक्षा शाखा प्रमुखबिहीन...बाँकी अंश →


हावाबाट बिजुली : जिम्मेवारी कसको

बाँके, ९ असोज ,,   बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ । जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएसँगै धेरै शाखा खारेज...बाँकी अंश →


लक्ष्मीपुरमा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन

घोराही, ९ असोज ,,   प्रत्येक प्रदेशमा कम्तीमा एक हजार बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने केन्द्रीय नीतिअनुरुप प्रदेश नं ५ को दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि प्रस्ताव गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. ५ (साविकको लक्ष्मीपुर र धर्ना गाविस) मा औद्योगिक क्षेत्र स्थापनाको तयारी गरिएपछि उद्योग, आपूर्ति तथा वाणिज्य...बाँकी अंश →


कारागारबिहीन जिल्ला

रुकुम पूर्व, ९ असोज ,,   गत वर्ष छुट्टै जिल्लाको मान्यता पाएको रुकुम पूर्वमा अझै कारागार स्थापना हुनसकेको छैन । जिल्लामा कारागारको व्यवस्था नहँुदा यहााँका कैदीबन्दीलाई रुकुम पश्चिमको कारागार पठाउनुपर्ने बाध्यता छ । जिल्ला अदालत स्थापना भएयता १५ कैदीबन्दीलाई रुकुम पश्चिम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter