
परासी, ३० पुस ,, अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा पश्चिम नवलपरासीका एक बिरामी गत दुई महीनादेखि अस्पतालमै बन्धक हुन पुग्नुभएको छ । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा बन्धक हुनुहुन्छ । गत कात्तिकमा खेत जोत्ने क्रममा ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएपछि उहाँलाई उक्त अस्पताल भर्ना गरिएको...बाँकी अंश →

तुलसीपुर, ३० पुस ,, जिल्लाका फरक ‘विश्वास’ बोकेका बाह्रकुने दह र देउखुरीको बगरबाबा रिहार र छिमेकी जिल्ला प्युठानको ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल स्वर्गद्धारीसम्म जाने आन्तरिक र बाह्र पर्यटक बढेका छन् । गुण्टा कुम्ला बोकी तीर्थ निस्केकाको भिडले सडकै भरिएको छ । पर्यटक लेखेका नेपाली नम्वर र भारतीय गाडीको समेत यहाँ...बाँकी अंश →

नवलपरासी, ३० पुस ,, पश्चिम नवलपरासीका अधिकांश छोटी भन्सार कार्यालयमा सेवाग्राहीको काम कर्मचारीबाट नभइ अन्य सर्वसाधारणबाटै हुन्छ भन्दा आश्चर्य लाग्न सक्छ, तर यो सत्य हो । वर्षौदेखि छोटी भन्सार कार्यालय यसरी नै सञ्चालन हँुदै आएको पाइएको छ । तोकिएका कर्मचारी छोटी भन्सार कार्यालयमा नियमित रुपमा नजाने हँुदा भन्सार कार्यालयमा खटिएकाबाहेक...बाँकी अंश →

घोराही, ३० पुस ,, घोराही बजारदेखि दक्षिण करीब १३ किलोमिटरको बाटो काटेपछि बबई खोला आउँछ । त्यही बबई पारि एउटा पाण्डवेश्वर धाम छ । जसको मूल मन्दिर शिवको भनिएको छ । तर त्यहाँ शिवको मूर्ति छैन । मूल मन्दिरभित्र ठूलो ढुङ्गा छ । त्यही ढुङ्गामा गाईको स्तन, शिवलिङ्ग, बाघको आँखालगायत...बाँकी अंश →

बेझाड, २९ पुस ,, प्रदेश नं ५ का भौतिक पूर्वाधार योजनामन्त्री बैजनाथ चौधरीले पाल्पा रामपुर फाँट सिँचाइ आयोजना अन्र्तगत नहरको अवलोकन गर्नुभएको छ । मन्त्री चौधरीले प्रदेश सरकारको मातहतमा करीब रु ३९ करोड खर्चमा नहर पुनः निर्माणका योजना बनेको बताउँनुभयो । उक्त सिँचाइ आयोजनाबाट बहुआयामिक काम भइरहेको बताउँदै मन्त्री चौधरीले...बाँकी अंश →

बुटवल, २९ पुस ,, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारले महत्वपूर्ण र ऐतिहासिक काम गरेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्नुहुँदै प्रदेशको सम्पूर्ण संरचना शून्यबाट शुरु भएको बताउनुभयो । प्रदेश सरकार संस्थागत प्रक्रियामा अगाडि बढ्न सफल भएको उहाँको भनाइ...बाँकी अंश →

गुल्मी (तम्घास), २९ पुस ,, जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले आज यहाँ पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण बन्दोबस्तीका सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको छ । जिसीको घरबाट...बाँकी अंश →

दाङ, २९ पुस ,, तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जिप, कार, ट्र्याक्टर, ट्रक,...बाँकी अंश →

कपिलवस्तु /संवाददाता पुस २९ संघीय र प्रदेशको निर्वाचन देखि अस्तव्यस्त भएको ससफो को भातृ संगठनहरु अहिले चुस्तदुरुस्त रूपमा पुनः निर्माण भैरहेको छ । आज महाराजगन्ज मा गरिएको जिल्ला स्तरीय युवा भेला सर्बसम्मतीबाट मोहम्मद हइ खानको अध्यक्षतामा ४१ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा उदयभान यादव र राम...बाँकी अंश →

बाँके, २९ पुस ,, थारूहरुको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले रौनक छाएको छ । थारू युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार पार्न व्यस्त छन् । नयाँ वर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल यहाँ शुरु...बाँकी अंश →

दाङ, २९ पुस ,, त्ुालसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुरमा सुविधायुक्त सभाकक्ष निर्माणको काम शुरु गरेको छ । समाजसेवी तथा व्यवसायी यज्ञबहादुर केसीले सभाकक्ष निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा पाँच कठ्ठा जग्गा सङ्घलाई निःशुल्क प्रदान गरेपछि अहिले सो जमीनमा सभाकक्ष निर्माणको काम शुरु गरिएको निर्माण समितिका संयोजक तथा सङ्घका निर्वतमान अध्यक्ष...बाँकी अंश →

रुकुम (पूर्व), २९ पुस ,, सिस्ने गाउँपालिका–६ की ३० वर्षीया रेनुका केसी शाह र उहाँका २० महीनाका नाबालक छोरा एटियम शनिबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले जनाएको छ । उहाँ पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट निस्कनुभएको थियो । घरदेखि तीन किलोमिटर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: