०५ पुष २०८२

प्रदेश ५

भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

बाँके, ८ चैत  ,, भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका...बाँकी अंश →


आठ करोडको लागतमा खानेपानी योजना

कावासोती, ७ चैत ,,  नवलपरासीको मध्यविन्दु नगरपालिका–१३, मा करीब रु आठ करोडको लागतमा खानेपानी योजना निर्माण कार्य शुरु गरिएको छ । खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दा खानेपानी योजना निर्माण सम्पन्न भएपछि भने शुद्ध खानेपानी पिउन पाउने भएका छन् । यस क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारको बजेटमार्फत खानेपानीको...बाँकी अंश →


जोखिममा कर्णाली पुल

धम्बोजी, ७ चैत ,, बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ । रु ४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो बन्दै गरेको पुलको पूर्वपट्टिको किनारमा कटान भइरहेको र ७५ मिटर तटीय भागको पिल्लर नभएको र भरपर्दो तटबन्ध नभएका कारण नदीले जुनसकै बेला...बाँकी अंश →


होली मिलन तथा शुभकामना आदानप्रदान

रुपन्देही, ७ चैत ,, आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी रुपन्देहीसहित तराईका जिल्लामा आज फागु अर्थात् होली पर्व मनाइँदैछ । होली पर्वको अवसरमा आज जिल्लाका विभिन्न सङ्घसंस्थाले होली मिलन कार्यक्रम आयोजना गरेका छन् । नेपालपत्रकार महासङ्घ रुपन्देही शाखाले कार्यालय परिसरमा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ...बाँकी अंश →


खोला ठेक्का मापदण्डविपरीत

परासी, ७ चैत्र   ,, पश्चिम नवलपरासीका विभिन्न खोलामा स्थानीय तहले लगाएका नदीजन्य पदार्थको ठेक्का मापदण्डविपरीत भएको पाइएको छ । खोलामा नदीजन्य पदार्थको दोहनसमेत अत्यधिक रहेको प्रदेश नं ५ प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ठहर गरेको हो । जिल्लामा हाल रामग्राम नगरपालिकाका दुई र सुनवलका सात खोलामा ठेक्का लगाइएको छ । ठेक्का...बाँकी अंश →


भ्रष्टाचार विकेन्द्रीकरण भएको छः अध्यक्ष राणा

सुर्खेत, ५ चैत  ,,  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा भ्रष्टाचार विकेन्द्रीकरण भएको आरोप लगाउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सु्र्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले विगतमा केन्द्रमा सीमित रहेको भ्रष्टाचारको संस्कृति अहिले गाउँसम्म पुगेको बताउनुभयो । “स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई कर तिरेर...बाँकी अंश →


आलेख ः ४४ वर्ष बित्यो, सडक बनेन

नारायणपुर, ५ चैत ,,  दाङ र सुर्खेतलाई सडकले जोड्ने ४४ वर्ष अघिदेखिको योजना अझै पूरा हुन सकेको छैन । पञ्चायतकालदेखि यो सडकको निर्माण प्रक्रिया शुरु भएको थियो । पञ्चायतको अन्त्यपछि देश बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि यो सडक पूरा भएको छैन । विसं २०३१ असारतिर तत्कालीन निर्माण तथा...बाँकी अंश →


भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ

राँझा, ५ चैत ,, सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले...बाँकी अंश →


सुनौलो हजार दिनका आमालाई निःशुल्क सिमकार्ड वितरण

बेझाड, ४ चैत ,,  पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्वास्थ्य पोषण कार्यक्रमअन्र्तगत यहाँका सुनौलो हजार दिनका ५० आमालाई स्मार्ट सिमकार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिनुभयो । स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एकापसमा आदानप्रदान गरी सिमकार्डको सही सदुपयोग गर्न उहाँले...बाँकी अंश →


दुई गाउँपालिकाको सीमा विवाद टुङ्गियो

लमही, ४ चैत  ,,  दाङको दुई गाउँपालिकाको सीमामा उत्खनन विवाद छलफलबाट टुङ्ग्याइएको छ । राप्ती गाउँपालिकाले राप्ती नदीमा नदीजन्य पदार्थ उत्खनन गर्न गरेको ठेक्का आह्वान गरेको क्षेत्र गढवा गाउँपालिकाले आफ्नो क्षेत्रमा पर्ने भनेपछि विवाद सिर्जना भएको थियो । आइतबार आयोजित बैठकमा भएको सहमतिअनुसार राप्ती गाउँपालिकाले उक्त नदीको चार स्थानमा वातावरणीय...बाँकी अंश →


अवैधरूमा राखिएका हतियार बुझाए कारवाही नहुने

पाल्पा, ४ चैत ,,  अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरिएको छ । समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा नामसारी नगराएको वा अन्य व्यक्तिले पनि हातहतियार तथा...बाँकी अंश →


लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली

बेझाड, ३ चैत ,, तीन दशकअघिदेखि लालपूर्जाको आशैआशमा निराश बनेका रामपुरवासी लालपूर्जा पाउने खबरले खुशी भएका छन् । सरकारले हालैमात्र पाल्पा रामपुर नगरपालिकाअन्तर्गतको जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि नगरवासीमा खुशियाली छाएको हो । जिल्लाकै उपत्यकाका रुपमा रहेका रामपुर नगरपालिकाका स्थानीयवासी जग्गादर्ता समिति गठन आदेश २०७५ सरकारले स्वीकृत गरेपछि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter