
तुलसीपुर, ३ कात्तिक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कात्तिक १ गतेदेखि सुत्केरी भत्ता वितरण गर्न शुरु गरेको छ । सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी भत्ता रोकिएको थियो तर पछिल्लो पटक बजेट निकासा भएपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनुभयो । पहिलो दिन प्रतिष्ठानबाट...बाँकी अंश →

बेझाड, ३ कात्तिक कालीगण्डकी नदीको अस्तित्व बचाउन र डाइभर्सन हुनबाट रोक्न कालीगण्डकी महोत्सव आयोजना गरिएको छ । कालीगण्डकीलाई डाइभर्सन गरेर तिनाउमा लैजाने योजनाको विरोध गर्दै दबाबस्वरुप महोत्सव आयोजना गर्न लागिएको हो । पाल्पाको रम्भा गाउँपालिकाकाको आयोजनामा नदीको महत्व बचाउन र डाइभर्सन हुनबाट जोगाउन आउँदो कात्तिक २२ गते हरिबोधनी एकादशीका दिन...बाँकी अंश →

बेझाड, पाल्पा, २९ असोज ‘साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’ भनेझै थियो, रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटकी हुमीकुमारी पाँडेलाई । आठ वर्ष अघिसम्म गर्जो टार्नै हम्मे हम्मे थियो, कष्टकर जीवन थियो तर, अहिले उहाँको दैनिकी बदलिएको छ । विगतमा दुई छोराछोरीको पठनपाठन, घरायसी खर्च धान्न धौ...बाँकी अंश →

रुपन्देही, २९ असोज बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ । पोखराका दाता पान श्री गुरुङको सहयोगमा आयोजित...बाँकी अंश →

बेझाड, २९ असोज पाल्पा रामपुरको सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको छ । पशुपालन व्यावसायमा कृषकलाई हौसला बढाउन सहकारीले गत आर्थिक वर्षमा सुत्केरी भएका ८४ पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको हो । सहकारीमा बीमा गरेका पशु सुत्केरी भएबापत पोषण खर्चस्वरुप रु ५०० प्रदान गर्दै...बाँकी अंश →

बाँके, २९ असोज नेपालगञ्ज–२० मनिकापुरमा पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास छ । यहाँका नागरिकमा आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने चेतनास्तर धेरै बढेको छ । नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तरलाई पनि उत्तिकै बढाएको छ । चेतनास्तर बढेकै कारण मनिकापुर स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच...बाँकी अंश →

राँझा, २८ असोज बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र शाही सख्त...बाँकी अंश →
कपिलवस्तु असोज २६ दधि-स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा आउँदो कार्तिक २ गते शनिबार कपिलवस्तुमा कवि गोष्ठी , रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकमा रहेको नेपाल किसान ट्रयाकटर समितिको सभाहलमा उक्त कार्यक्रम गर्न लागिएको हो । समाजका...बाँकी अंश →

बाँके, १६ असोज नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् । मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणा भन्नुहुन्छ,...बाँकी अंश →

बेझाड, १६ असोज सबै वडा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने पाल्पाको पूर्वखोला गाउँपालिका पहिलो बनेको छ । बुधबार गाउँपालिकाको वडा नं १ सिलुवालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेसँगै गाउँपालिकाका सबै वडा पूर्ण संस्थागत वडा घोषणा भएका छन् । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन अभियानका रुपमा काम...बाँकी अंश →

बाँके, १६ असोज भेरी अस्पतालमा मिर्गाैलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् । बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ...बाँकी अंश →

नेपालगञ्ज, १५ असोज नेपालगञ्जको सहकारी वित्तीय संस्था लिमिटेडका सञ्चालक र कर्मचारीले संस्थाको रकम अपचलन गरेको विषयमा छानबिन गरिरहेको प्रहरीले ऋण लिएकाहरुलाई प्रहरी सम्पर्कमाआउन अनुरोध गरेको छ । छानबिनका क्रममा नेपालगञ्ज, वैजापुर र खजुरा शाखाबाट ऋण प्रवाह भएको देखिएको हुँदा उक्त कुरा सही हो वा होइन भनी जाँचबुझ गर्न ऋणीलाई सम्पर्कमा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: