शुक्रबार, २१ बैशाख २०८१

प्रदेश ४

समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य ः मन्त्री विश्वकर्मा

पोखरा, १३ जेठ (रासस) ः युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धिका लागि सबै क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका–४ भदौरेमा सञ्चालित बहादुरे माविको हातामा रु ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको दुईतल्ले मञ्च, कम्पाउण्ड तथा अभिनन्दन एवम् सम्मान कार्यक्रमको शनिबार उद्घाटन गर्दै उहाँले...बाँकी अंश →


मौरीको चरन क्षेत्र व्यवस्थापनको माग

रत्ननगर, चितवन, ११ जेठ (रासस) ः नेपालका मौरीपालक किसानले मौरी चरन क्षेत्र व्यवस्थित हुन नसकेको बताएका छन् । भएका चरन क्षेत्रसमेत विभिन्न कारणले प्रभावित हुने गरेको भन्दै मौरीपालक किसानले चरन क्षेत्र व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन् । हालै सम्पन्न मौरीपालक महासंघको केन्द्रिय समितिका पदाधिकारीको आज चितवनमा भएको शपथ ग्रहण...बाँकी अंश →


ट्रेकिङ गाइड तालीम शुरु

पोखरा, १२ जेठ (रासस)ः टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यकासाथ एक महिने ट्रेकिङ गाइड तालीम शुरु गरेको छ । प्दयात्रामा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण निकै बढिरहेको अवस्थामा यसको व्यावसायिक विकासका लागि तालीम आवश्यक भएको महसुस गरी यसलाई थप...बाँकी अंश →


एकिकृत घुम्ती शिविरबाट नागरिकलाई सुविधा प्रदान

म्याग्दी, १२ जेठ (रासस)  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एकिकृत घुम्ती शिविर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना र अन्नपूर्ण गाउँपालिकाको समन्वयमा शुक्रबारदेखि शुरु भएको दुईदिने घुम्ती शिविरमा जिल्लास्थित सरकारी कार्यालयले सेवा प्रवाह गरेका छन् । शिविरमा अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरी शुभारम्भ...बाँकी अंश →


एकै व्यक्तिद्वारा छ जनाको अभिभावकत्व

फलेवास, पर्वत, १२ जेठ (रासस)  यहाँको एक विकट गाउँकी महिलाले एकै दिन छ विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ । महाशिला गाउँपालिका–५ पाखापानीकी कल्पना गुरुङले विपन्न बालबालिकालाई विद्यालय भर्ना गराउनुभयोे । लामो समयसम्म वैदेशिक रोजगारीका लागि विदेशमा बसेर नेपाल फर्कनुभएकी गुरुङले आफूले पढेको स्थानीय जनविकास माविलाई रु ३० हजारसमेत एक...बाँकी अंश →


मापदण्ड विपरीतका संरचना हटाइँदै

बागलुङ, १२ जेठ (रासस)  बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी र टहरा भत्काउन थालेको हो । नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।...बाँकी अंश →


वैदेशिक रोजगारमा जानेको पीडा

काठमाडौँ, ११ जेठ (रासस) गोरखाको भिमसेन गाउँपालिका–७ का ३५ वर्षीय कुमार रानामगर वैदेशिक रोजगारीका लागि २०७२ फागुनमा संयुक्त अरब इमिरेट्स जानुभयो । त्यहाँ गएको एक वर्ष नबित्दै उहाँ दुर्घटनामा पर्नुभयो । दुर्घटनाको जिम्मेवारी कम्पनीले लिएपछि रानामगर रिहा हुनुभयो । कम्पनीले अब कुनै पनि सजाय नहुने भनेपछि उहाँले ढुक्क भएर डेड...बाँकी अंश →


घरवासलाई पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्छ

लमजुड, ११ जेठ (रासस) देशभरका घरवास (होम स्टे) लाई कानूनी दायरामा ल्याएर यसलाई पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ । तारागाउँ विकास समितिद्वारा घलेगाउँमा आयोजित दुई दिने घरवास (होम स्टे) महोत्सव तथा कार्यशाला गोष्ठीको समापन अवसरमा सहभागी वक्ताले मुलुकभरीका सबै आवास घरलाई समेटेर वेभसाइट निर्माण गर्नुपर्ने,...बाँकी अंश →


बिदा कटौती भएकोमा मुस्लिम संघको आपत्ति

बेसीशहर, लमजुङ, ८ जेठ (रासस)  मुस्लिमका चाड पर्वमा दिइँदै आएको बिदा कटौती भएकोमा मुस्लिम संघले आपत्ति जनाएको छ । नेपाल मुस्लिम संघ, लमजुङले सरकारले आफ्नो चाडपर्वमा बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो । मुस्लिम संघ, लमजुङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो । नेपाली नागरिकको...बाँकी अंश →


घले गाउँ : प्रकृति र संस्कृतिले पर्यटक लोभ्याउँदै

घलेगाउ, लम्जुङ, ७ जेठ (रासस)  लमजुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ (साविक उत्तरकन्या गाउँ विकास समिति) स्थित रमणीय घलेगाउँ प्रकृति, संस्कृति र स्थानीयपनले सम्पन्न गाउँ हो । समुद्र सतहबाट दुई हजार १०० मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लम्जुङको सदरमुकाम बेंसीशहरबाट २७...बाँकी अंश →


मापदण्ड विपरीतका संरचना हटाइने

पोखरा, ७ जेठ (रासस)  पोखरा लेखनाथ महानगरपालिकाकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो । मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात...बाँकी अंश →


गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान

गुल्मी, ७ जेठ (रासस)  गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । पाँचाँै हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter