सोमबार, १७ बैशाख २०८१

प्रदेश ७

रात्रि बसमा दुई चालक अनिवार्य

अत्तरिया, १० असोज,,   प्रदेश नं ७ को सरकारले प्रदेशका विभिन्न स्थानबाट छुट्ने लामो दूरीका रात्रि बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशमा यातायात व्यवस्थापनको जिम्मेवारी बोकेको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज यातायात व्यवसायीलाई मन्त्रालयमा बोलाएर सो निर्देशन दिएको मन्त्रालयका सचिव इन्द्रदेव भट्टले जानकारी...बाँकी अंश →


स्थायी राजधानी गोदावरी बनाउन सुझाव

धनगढी, ९ असोज ,,   प्रदेश नं ७ को स्थायी राजधानी रहने स्थान र नामाङ्कनका लागि प्रदेशसभामा गठित विशेष सुझाव समितिले प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका, तेघरी र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्न उपयुक्त हुने सुझाव दिएको छ । प्रदेशसभाको आजको बैठकमा विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले समितिको प्रतिवेदन...बाँकी अंश →


अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

अत्तरिया, ९ अजोज,,  प्रदेश नं ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले मात्रै कार्यालयमा सम्पत्ति विवरण बुझाएको पाइएको छ । पहाडी जिल्लाका सात जिल्ला समन्वय समिति तथा नगरपालिका र...बाँकी अंश →


अपराध रोक्न नैतिक शिक्षासँगै अभिभावकको निगरानी आवश्यक

भीमदत्तनगर, ८ असोज ,,  कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामाथिको जघन्य अपराधपछि शव उखुबारीमा भेटिएको घटनाका दोषी पत्ता लगाउन राज्य संयन्त्रले सबै...बाँकी अंश →


नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र

दार्चुला, ७ असोज ,,   लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा पानीको सतह बढेको भन्दै रोकिएको निर्माण अझै शुरु भएको छैन । ०७३ असोज ४ गते पुल निर्माणका लागि मनोमालिका कन्स्ट्रक्सनसँग...बाँकी अंश →


टी–ट्वान्टी क्रिकेट प्रगियोगिता कात्तिक ८ देखि

बैतडी, ७ असोज ,,   नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङ्गलाशैनी प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता २०७५ सञ्चालन हुने भएको छ । निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) देहिमाडौँको आयोजनाका सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम परस्कार...बाँकी अंश →


प्रहरी र चालकबीच झडप हुँदा तीन घाइते

बाजुरा, ५ असोज ,,    अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कँुवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ । उनको दायाँ आँखामा चोट लागेको थियो । प्रहरीले हस्तक्षेप गर्दै...बाँकी अंश →


संविधानसँगै कानून पनि बनाउनुपर्ने

धनगढी, १ असोज,,   नेपालको संविधानबमोजिम भएको राज्यको पुनःसंरचनासँगै तीनवटै तहमा गरिएका निर्वाचनपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयनको एक महत्वपूर्ण चरण पूरा भइसकेको छ । नेपालको संविधान कार्यान्वयनको सन्दर्भमा यो काम सबैभन्दा महत्वपूर्ण मानिन्छ । संविधानबमोजिम निर्वाचनमार्फत गठन भएका सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो अधिकार प्रयोग गर्दै शासन...बाँकी अंश →


प्रतिबन्धित नोटसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुर, १ असोज,,    प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय प्रतिबन्धित गरिएको नोटसहित गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । पक्राउ परेका भारतीय नागरिक...बाँकी अंश →


सुदूरपश्चिमलाई विकसित बनाउनुपर्छ ,, प्रम

काठमाडौँ, ३१ भदौ ,,    प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकोसातौँ विश्वविद्यालयसभा प्रधानमन्त्री निवास बालुवाटारमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिममा आवश्यक पर्ने कृषि, इञ्जिनीयरिङजस्ता प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गरेमा शिक्षामा एक वर्षभित्र गुणात्मक परिवर्तन हुने बताउनुभयो । विश्वविद्यालयका...बाँकी अंश →


दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ३० भदौ ,,    बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु भई बानेश्वरमा पुगेर समापन भएको थियो । घटना भएको ५० दिन बितिसक्दा समेत सरकारले घटनाका दोषी पत्ता लगाउन नसकेको...बाँकी अंश →


निर्मला प्रकरण सरकारको अग्नि परीक्षाः अध्यक्ष केसी

भीमदत्तनगर, २९ भदौ ,,  राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले कञ्चनपुर भीमदत्तनगरपालिकाका १३ वर्षीया बालिका निर्मला हत्या प्रकरण सरकारको अग्नि परीक्षा भएको बताउनुभएको छ । अनेरास्ववियु छैठौँको दशौँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “बलात्कारी र हत्यारालाई अहिलेसम्म सरकारले पक्राउ गर्न नसक्नु ज्यादै दुःखद विषय हो ।” अध्यक्ष...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter