
बैतडी, १२ असोज केही दिनदेखिको अविरल वर्षाका कारण सडक भासिँदा पाटन–पञ्चेश्वर सडक अवरुद्ध भएको छ । उक्त सडकखण्डको पाटन नगरपालिका वडा नं ६ लोर्खा सडक भासिएर शनिबार बेलुकादेखि सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण...बाँकी अंश →

चितवन, १२ असोज दलित महिला उत्थान सङ्घ (एड्वान) को अध्यक्षमा पम्फा परियार गुरुङ निर्वाचित हुनुभएको छ । शनिबार बेलुका यहाँ सम्पन्न (एड्वान) को २०औँ साधारणसभा तथा निर्वाचनबाट उपाध्यक्षमा पम्फा नेपाली, महासचिवमा विन्दु परियार थापा, सचिवमा तीर्थकुमारी विक र कोषाध्यक्षमा सपना सुनार निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यमा राममाया विक, माया...बाँकी अंश →

इनरुवा १२ असोज उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी हुनु भएको छ । पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी हुनु भएको हो । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश...बाँकी अंश →

परासी, १२ असोज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग सम्बोधनका लागि...बाँकी अंश →

विराटनगर, १२ असोज ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने...बाँकी अंश →
लमजुङ, १२ असोज बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् । हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५,...बाँकी अंश →

चितवन, १२ असोज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको...बाँकी अंश →

सुर्खेत, १२ असोज कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको...बाँकी अंश →

डोटी, १२ असोज जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिबार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले...बाँकी अंश →

खोटाङ, १२ असोज बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका...बाँकी अंश →
हेटौँडा, १० असोज हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो । बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो...बाँकी अंश →

काठमाडौँ, १० असोज नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताउनुभयो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: