शुक्रबार, १६ चैत २०८०

तीन स्थानीय तहमा बाल विकास कार्यक्रम

१२ आश्विन २०७६, आईतवार ११:३७ मा प्रकाशित

सुर्खेत, १२ असोज  कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ । पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो । विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर सेता गुराँस बाल विकास राष्ट्रिय विकास सेवाले कार्यक्रम कार्यान्वयन गर्नेछ । सेतो गुराँसका कार्यक्रम संयोजक राधा मल्लले पोषण तथा बाल विकासमा सुधार ल्याउन अति दुर्गम तथा मध्यम भेगका दुई गाउँपालिका र सुगम भेगका एक नगरपालिकालाई छनोट गरिएको जानकारी दिनुभयो । संयोजक मल्लले बहुक्षेत्रीय पोषण योजना दोस्रो चरणअन्तर्गत प्रारम्भिक बाल विकास रणनीति (विसं २०७६÷२०८७) का लागि आवश्यक योजनाहरुको कार्यान्वयन गर्न कार्यक्रमले मद्दत पु¥याउने बताउनुभयो । उहाँले कर्णालीका ५४ प्रतिशत बालबालिका पोषण सुविधाबाट बञ्चित भएकाले स्थानीय तहमा एकीकृत बाल विकास कार्यक्रमको खाँचो औँल्याउनुभयो । पोषण विशेषज्ञ उमा कोइरालाले कर्णालीका बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक रहेकाले स्थानीय र प्रदेश सरकारले आवश्यक कार्ययोजनासहित बजेट विनियोजन गर्नुपर्ने बताउनुुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter