शुक्रबार, २१ बैशाख २०८१

बाढीले बगाउँदा एकको मृत्यु

१२ आश्विन २०७६, आईतवार ११:३२ मा प्रकाशित

खोटाङ, १२ असोज  बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् । घटनाका बारेमा जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको आफन्तले जनाएका छन् । घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्दछ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter