०१ पुष २०८२

समाचार

सरकारको बजेट सकारात्मकः उद्योग व्यापार संगठन

काठमाडौँ, २० जेठ (रासस) ः नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले कृषि, वनजन्य एवं दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगलाई प्रश्रय दिने गरी ल्याइएको आगामी आवको बजेट सकारात्मक भएको बताइएको छ । संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गाडी, घरजग्गा खरिद बिक्री, मदिरा, सूर्तीजन्य वस्तुलाई निरुत्साहित र उत्पादनमूलक क्षेत्रमा आएको...बाँकी अंश →


देशलाई मार्ग निर्देशन गर्न नेकपालाई महत्वपूर्ण अवसरः नेता रावल

कैलाली, २० जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य भीमबहादुर रावलले देशलाई समृद्धि र शान्तिको बाटोतर्फ अगाडि लैजान नेकपाको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताउनुभएको छ । आज धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेपाली जनताको चाहना, आकांक्षा र राष्ट्रिय आवश्यकतातर्फ देशलाई मार्ग निर्देशन गर्न नेकपाले महत्वपूर्ण अवसर प्राप्त...बाँकी अंश →


समृद्ध मुलुकका लागि प्राविधिक शिक्षा आवश्यकः वरिष्ठ नेता पौडेल

काठमाडौँ, २० जेठ (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउन प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ प्राविधिक विद्यार्थी परिषद्ले आज यहाँ आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणका लागि प्राविधिक शिक्षाको महत्व र भावी योजना’ विषयक एकदिने प्रशिक्षणमा उहाँले नेपाल प्रकृतिले धनी मुलुक भएको...बाँकी अंश →


सुशासनका लागि साहित्यको पनि भूमिका ः मन्त्री पुन

रोल्पा, २० जेठ (रासस) ः संघीय सरकारका ऊर्जा मन्त्री वर्षमान पुनले सुशासन कायम गर्न र संघीय शासनलाई संस्थागत गर्न साहित्यको अहम भूमिका हुने बताउनुभएको छ । उक्त कुरा मन्त्री पुनले रोल्पा सदरमुकाम लिवाङमा आजदेखि शुरु भएको बृहत् साहित्य सम्मेलनको उद्घाटनका क्रममा बताउनुभएको हो । कार्यक्रमका अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि...बाँकी अंश →


प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट

काठमाडौँ, २०, जेठ (रासस) ः प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा आर्मीले प्रदेश नं ४ लाई पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘ए’ अन्तर्गत मूलपानी मैदानमा भएको...बाँकी अंश →


नियमावली सर्वसम्मत रुपमा पारित गरिन्छः सभापति पोखरेल

काठमाडौँ, २० जेठ (रासस) ः प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सञ्चालन नियमावली मंगलबारभित्र सर्वसम्मत रुपमा पारित गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा सभापति पोखरेलले संसद् सञ्चालन नियमावली आन्तरिक कार्यविधि भएको बताउँदै यसलाई मतदानको प्रक्रियामा नभएर सर्वसहमतिबाटै पारित गर्ने गृहकार्य भइरहेको जानकारी गराउनुभयो ।...बाँकी अंश →


शिक्षकलाई अब मासिक रुपमा तलब

दोलखा, २० जेठ (रासस) ः चौमासिक तलब बुझ्दै आएका शिक्षकले अब आउँदो आर्थिक वर्षदेखि मासिक रुपमा तलब पाउने भएका छन् । नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरक्षेत्रमा कार्यरत शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गर्नुभयो । गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने जानकारी गराउँदै उहाँले...बाँकी अंश →


‘विष्णुचन्द्र अभिनव प्रतिभा’ पुरस्कार गोविन्द नेपाललाई

काठमाडौँ, २० जेठ (रासस) ः अभिनव साहित्य समाजले यस वर्षको सर्वोत्कृष्ट गद्य कविता पुरस्कार उदीयमान कवि गोविन्द नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । समाजले शनिबार यस्तो निर्णय गरेको अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले राससलाई जानकारी दिनुभयो । सो पुरस्कार समाजको १९६ औँ साहित्यिक शृङ्खलाको अवसर पारेर जेठ २६ गते...बाँकी अंश →


बजेट छलफल ः सांसदहरु पक्ष विपक्षमा विभक्त

काठमाडौँ, २० जेठ (रासस) ः सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा सांसदहरुले पक्ष विपक्षमा विभक्त भई आफ्नो विचार व्यक्त गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले पक्ष विपक्षमा आफ्नो धारणा राख्नुभएको हो । विशेष गरी सत्ता पक्षीय सांसदहरुले...बाँकी अंश →


संघीयता कार्यान्वयन उल्टो हुँदा सरकारलाई पनि दुःख ः मुख्यमन्त्री गुरुङ

सुन्दरबजार, लमजुङ, २० जेठ (रासस) ः प्रदेश नंंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा संघीय शासन प्रणाली कार्यान्वयन उल्टो भएको दाबी गर्नुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको दोस्रो नगरसभा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । शासन प्रणाली कार्यान्वयन उल्टो हुँदा स्थानीय तह व्यवस्थित हुन नसकेको र सरकारले पनि...बाँकी अंश →


बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालको प्रस्ताव

काठमाडौँ, २० जेठ (रासस) ः नेपालले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौँमा आयोजना गर्न सदस्य राष्ट्रसँग प्रस्ताव अघि सारेको छ । मन्त्रिपरिषद्को सिंहदरबारमा आज बसेको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी भदौको १४ देखि १५ वा २१ देखि...बाँकी अंश →


डोल्पाको त्रिपुराकोटमा ‘एक घर एक धारा’

त्रिपुराकोट, डोल्पा, २० जेठ (रासस) ः यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटवासीलाई अब पुस्ताँैदेखि खोलाको दूषित पानी पिउनु पर्ने बाध्यताबाट मुक्त भएका छन् । पञ्चवर्षीय योजनाका रुपमा काम शुरु गरिएको बुराउँसे खोला खानेपानी आयोजना सम्पन्न भएपछि त्रिपुराकोटका १०० घरधुरी दूषित पानी पिउनुपर्ने बाध्यताबाट छुट्कारा पाएका हुन् । “सयौँ वर्षअघिदेखि सिधै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter