शुक्रबार, २१ बैशाख २०८१

सरकारको बजेट सकारात्मकः उद्योग व्यापार संगठन

२० जेष्ठ २०७५, आईतवार २१:२२ मा प्रकाशित

काठमाडौँ, २० जेठ (रासस) ः नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले कृषि, वनजन्य एवं दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगलाई प्रश्रय दिने गरी ल्याइएको आगामी आवको बजेट सकारात्मक भएको बताइएको छ ।

संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै गाडी, घरजग्गा खरिद बिक्री, मदिरा, सूर्तीजन्य वस्तुलाई निरुत्साहित र उत्पादनमूलक क्षेत्रमा आएको बजेट भएको टिप्पणी गर्दै आगामी आवको बजेट सकारात्मक भएको जनाएको हो ।

संगठनका महासचिव रामजीप्रसाद बरालले निष्कृय र पलायन भएको पूँजीलाई उद्योग व्यवसायमा लगाउने शर्तमा परिचालन गर्ने नीति आउने अपेक्षा गरिएपनि त्यसो नभएको भन्दै पारित हुने समयमा आफ्नो संगठनको माग पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उद्योग वाणिज्यतर्फ पनि सामान्य सुधारका विषयबाहेक राष्ट्रिय औद्योगीकरण एवं व्यापार विविधीकरणलाई विशेष सम्बोधन गर्न अत्यावश्यक भएको उल्लेख गर्दै उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरणबिना राष्ट्रिय अर्थतन्त्र निर्माण हँुदैन र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिएन भने राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ ।”

संगठनले वाम गठबन्धनको चुनावी घोषणापत्रअनुसार धेरै विषय बजेटले सम्बोधन गर्ने प्रयत्न गरेको देखिएको भन्दै आर्थिक समृद्धिको लक्ष्यमा पुग्न पूँजीगत खर्च अत्यधिक हुनुपर्नेमा जोड दिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter