०६ चैत २०८२

समाचार

विशेष समयमा जनचासोका मुद्दा उठाउँदै सांसद

काठमाडौँ, २७ जेठ (रासस) ः सांसदले स्थानीय विकास निर्माणदेखि जनताको दैनिक समस्याका विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै विशेष समय लिँदै उहाँहरुले सार्वजनिक चासोका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसालले संवैधानिक सर्वोच्चतालाई...बाँकी अंश →


बचतकर्तालाई वैज्ञानिक ढंगबाट निक्षेप वितरण गर्नुपर्नेमा जोड

काठमाडौँ, २७ जेठ (रासस) ः सहकारीपीडित महिला हकहित अधिकार संरक्षण समितिले ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको रिहाइप्रति आपत्ति जनाएको छ । सहकारी निक्षेप ठगी आरोपमा विसं २०७३ पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेका बस्नेतलाई अदालतले जेल सजाय सुनाएपछि डिल्लीबजार कारागारमासजाय भोगिरहेकामा गत साता धरौटीमा रिहा गरिएको थियो ।...बाँकी अंश →


फौजदारी अभियोग लागेका सांसदलाई निलम्बनको व्यवस्था हुने

चितवन, २७ जेठ (रासस) ः राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले फौजदारी अभियोग लागेका सांसदहरुलाई नियमावलीमा निलम्बन नगरिए पनि ऐनमा भने निलम्बनको व्यवस्था हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा यथाशक्य छिटो ऐन बनाइने जानकारी दिंदै उहाँले भन्नुभयो “अहिले नियमावलीमा उल्लेख भएका कारणले यसलाई अन्तिम...बाँकी अंश →


काम नगर्ने ठेकेदारलाई कारवाहीको सिफारिस

नुवाकोट, २७ जेठ (रासस) ः विकास निर्माण तथा भौतिक संरचनाअन्तर्गत ३१ योजनाको काम तोकिएको समयमा पूरा नगर्ने ठेकेदार (व्यवसायी) लाई कारवाहीका लागि यहाँको प्रशासनले गृहमन्त्रालयमा सिफारिस गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार जिल्लाका चार कार्यालयमार्फत सञ्चालित ती योजना समयमा...बाँकी अंश →


समाचार लेख्न क्रिकेट खेले पत्रकारले

दाङ, २७ जेठ (रासस) ः जिल्लाका पत्रकारहरुले क्रिकेट खेलका नियम र समाचार लेखनको अभ्यास गरेका छन् । प्रेस चौतारी दाङ र प्रेस सेन्टर दाङले दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा शनिबार घोराहीमा गरेको पत्रकारका लागि क्रिकेट खेल समाचार लेखन तालीमका सहभागी पत्रकारले अभ्यास खेल खेल्दै समाचार लेखेका थिए । क्रिकेटको अभ्यास,...बाँकी अंश →


संघीय सरकारमा सहभागी नहुने अध्यक्ष मण्डलका सदस्य महतोको भनाइ

विरानगर, २७ जेठ (रासस) ः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सामु उहाँले संविधान संशोधनका विषयमा लिखित प्रस्ताव आएमा मात्र सरकारमा जाने प्रष्ट पार्नुभयो । अध्यक्ष मण्डलका सदस्य महतोले संविधान संशोधनका विषयमा विगतमा...बाँकी अंश →


प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने ः अध्यक्ष दाहाल

विराटनगर, २७ जेठ (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको वताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २ को...बाँकी अंश →


विनियोजन विधेयकका शीर्षकमा छलफल शुरु

काठमाडौँ, २७ जेठ (रासस) ः संघीय संसद्को प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका विविध शीर्षकमा छलफल आजदेखि शुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गतका विभिन्न...बाँकी अंश →


खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु

काँकडभिट्टा, २७ जेठ (रासस) ः पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु गरेको छ । शनिबारबाट चारआलीमा शुरु गरिएको तालीममा महिला पत्रकारसहित ४० जनाको सहभागिता रहेको छ । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले उद्घाटन गर्नुभएको तालीमको अध्यक्षता संस्थाकी अध्यक्ष...बाँकी अंश →


नेपाली मुस्लिम समाज कतार को इफ्तार कार्यक्रम

केयर खबर :२७ जेठ नेपाली मुस्लिम समाज कतार र यहाँका सक्रिय् जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा दशौं ब्रिहत इफ्तार कार्यक्रम संस्थाका अध्यक्ष जनाव मो. ई अयुब हक को सभापतित्वमा गत शुक्रबार ८ जुन भब्य्ताका साथ सम्पन्न भयो । ५०० जना भन्दा बेसी रोजेदारको बाक्लो शाहभागीता रहेको यस कार्यक्रमका प्रमूख अतिथी नेपाल...बाँकी अंश →


गाउँमा पहिलो पटक जीप पुगेपछि चालक सम्मानित

रामपुर, पाल्पा, २७ जेठ (रासस) ः माथागढी गाउँपालिका–२ को बोक्सादीमा पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । शनिबार गाउँमा पहिलो पटक जीप पुगेपछि उत्साह र खुशियालीका साथ जीप हेर्नेको ठूलो भीड थियो । पन्ध्र वर्षअघि कसेनीसम्म मात्र सडक सञ्जालले जोडिएको भए पनि साबिकको वडा ९ दमार र बोक्सादीका...बाँकी अंश →


जिल्ला इन्चार्ज पक्राउ गर्न खोज्दा प्रहरी जवान घाइते

चितवन, २७ जेठ (रासस) ः बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter