सोमबार, २४ बैशाख २०८१

समाचार लेख्न क्रिकेट खेले पत्रकारले

२७ जेष्ठ २०७५, आईतवार १२:४२ मा प्रकाशित

दाङ, २७ जेठ (रासस) ः जिल्लाका पत्रकारहरुले क्रिकेट खेलका नियम र समाचार लेखनको अभ्यास गरेका छन् ।

प्रेस चौतारी दाङ र प्रेस सेन्टर दाङले दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा शनिबार घोराहीमा गरेको पत्रकारका लागि क्रिकेट खेल समाचार लेखन तालीमका सहभागी पत्रकारले अभ्यास खेल खेल्दै समाचार लेखेका थिए ।

क्रिकेटको अभ्यास, समाचार लेखन र नियमका बारेमा दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैया, सल्लाहकार किशोरचन्द्र गौतम र खेल शिक्षक देवेन्द्रसिंह ठकुरीले प्रशिक्षण दिनुभएको थियो ।

“जिल्लामा क्रिकेटप्रति आकर्षण वृद्धि गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका छ, खेलका केही प्राविधिक कुराहरु राम्रोसँग नबुझ्दा समाचारमा त्रुटिसमेत देखिने गरेको छ । यसलाई यो तालीमले चिर्ने काम गरेको छ”, दाङ क्रिकेट संघका अध्यक्ष मजगैयाले भन्नुभयो ।

दाङ क्रिकेट संघका सल्लाहकार गौतमले तालीमले क्रिकेट खेलका समाचार लेखमा थप सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले खेलकूदको विकासका लागि उपमहानगरपालिकाले विशेष पहल थालेको बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter