०६ चैत २०८२

समाचार

संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

बागलुङ, ३१ जेठ (रासस) ः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गर्नुभएको छ । प्रगतिशील पत्रकार संघले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संघीयता देशलाई भारी भएको टिप्पणी गर्नुभयो । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गर्नुभयो । उहाँले भन्नुभयो, “जसोतसो केही वर्ष धानिएला,...बाँकी अंश →


अमेरिका–उ कोरिया वार्ताले विश्व शान्ति कायम हुने विश्वास

काठमाडौँ, ३१ जेठ (रासस)ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नेता नेपालले आज जारी गरेको विज्ञप्तिमा गत...बाँकी अंश →


नागरिकको स्वास्थ्यको जिम्मा सरकारको

फलेवास, पर्वत, ३१ जेठ (रासस) ः स्वास्थ्य तथा जनससंख्या राज्यमन्त्री पद्मा अर्यालले अब सम्पूर्ण नेपाली नागरिकको स्वास्थ्योपचारको जिम्मा सरकारले लिने बताउनुभएको छ । पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई आज सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले पाँच वर्षभित्र सबै स्थानीय तहमा विशेष चिकित्सकको दरबन्दीसहितको अस्पताल निर्माण गरिने बताउनुभयो । उहाँका...बाँकी अंश →


बाल अपराधका मुद्दामा सजग हुनुपर्ने

वीरगञ्ज, ३१ जेठ (रासस) ः बालबालिकाले अपराध गरेको ठहरिए पनि उनीहरूलाई अपराधी वा खराब व्यक्तिका रुपमा नहेरी सुधारात्मक व्यवहार गर्नुपर्ने राय कानून व्यवसायीहरूको छ । सामाजिक न्यायका दृष्टिकोणले बालबालिकाका मुद्दा हेर्दा धेरैजसोमा बालबालिकालाई जति दोषी ठानिन्छ त्योभन्दा बढी दोष सामाजिक परिवेश, घटनाक्रम र मूल्य मान्यताका कारण हुने गरेको उनीहरूको कथन...बाँकी अंश →


धानको बीउमा अनुदान दिइने

कलैया, ३१ जेठ (रासस) ः जिल्ला कृषि विकास कार्यालय बाराले विभिन्न जातका धानका बीउमा किसानलाई २५ प्रतिशत अनुदान दिने भएको छ । भदैया र अघनी धानखेती गर्न कृषकलाई अनुदानको बीउ वितरण गर्न लागिएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिनुभयो । कार्यालयले राम, सावित्री, हर्दिनाथ, सुक्खा तीन, स्वर्ण एक...बाँकी अंश →


भेरी बबई डाइभर्शन सुरुङ मार्गको ४० प्रतिशत काम सम्पन्न

दाङ, ३१ जेठ (रासस) ः प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखालमा निर्माण शुरु भएको भेरी बबई डाइभर्शन बहुउद्देश्यीय आयोजना (विविडिएमपी) को सुरुङ मार्ग निर्माणको काम करीब ४० प्रतिशत सम्पन्न भएको छ । चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको भेरी बबई डाइभर्सन आयोजनाको साढे पाँच किलोमिटर सुरुङ मार्ग निर्माण सम्पन्न भएको...बाँकी अंश →


उपप्रधान मन्त्री–पत्रकार भेट

विराटनगर, ३१ जेठ (रासस) ः उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताउनुभएको छ । प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउने...बाँकी अंश →


लघुवित्तसम्बन्धी नीति परिमार्जन गर्न माग

मंगलबारे, इलाम, ३१ जेठ (रासस) ः हालको लघुवित्तसम्बन्धी नीतिले गाउँगाउँमा समस्या निम्त्याएको भन्दै यससँग सम्बन्धित नीति परिमार्जन गर्न सरोकारवालाले माग गरेका छन् । नेपाल मधेश फाउण्डेशन, सुन्दर शान्त नेपाल नामक संस्थाद्वारा सदरमुकाममा आयोजित ‘वित्तिय संस्थाले पारेको सामाजिक प्रभाव तथा असर’ विषयक कार्यक्रमका वक्ताले विकृति र विसंगति बढेकाले यस्तो नीति परिमार्जन...बाँकी अंश →


राससकर्मी दर्नाललाई ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौँ, ३१ जेठ (रासस) ः पत्रकार सुशील दर्नाललाई यस वर्षको ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपालको पत्रकारिता क्षेत्रमा आफ्नो प्रतिभा प्रदर्शन गरी पाठकको मन जित्दै परिश्रमी पत्रकारको रुपमा परिचित हुन सफल पत्रकार दर्नालले बालबालिकाको क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको कदरस्वरुप महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यहाँ...बाँकी अंश →


सडक सञ्जाल विस्तारले स्थानीयवासी खुशी

जाजरकोट, ३१ जेठ (रासस) ः यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करीब रु चार करोड बजेट परिचालन गरी सडक विस्तार गरिएको हो । कुशेगाउँपालिकाभित्र सडक निर्माण गर्न थालेको करीब पाँच वर्षभित्र...बाँकी अंश →


भौतिक पूर्वाधार विकास पर्यटन प्रवद्र्धनको अत्यावश्यक शर्त

काठमाडौँ, ३१ जेठ (रासस) ः प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद खगराज अधिकारीले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखिए पनि बजेट विनियोजनको...बाँकी अंश →


विमानस्थल निर्माणका लागि सामान आउन थाल्यो

पोखरा, ३१ जेठ (रासस) ः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ । निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेकामा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ कम्पनी चाइना सिएएमसी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter