
बनियानी, झापा, ४ असार (रासस) ः वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिनुभयो । “वर्षा र हावाहुरीले पोल भत्किँदा...बाँकी अंश →

रत्ननगर, चितवन, ४ असार (रासस) ः चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ । तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका...बाँकी अंश →

कञ्चनपुर, ४ असार (रासस) ः एक दशकदेखि सञ्चालन हँुदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२ प्रजातिका धानको बीउ...बाँकी अंश →

बाबियाचौर, म्याग्दी, ४ असार (रासस) ः बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ । रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भाँसिएपछि बेलिब्रिज जोखिममा परेको छ । आईतबार दिउँसो पुलको गलेश्वर तर्फको बिम देखि...बाँकी अंश →

चितवन, ४ असार (रासस)ः नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना...बाँकी अंश →
काठमाडौँ, ४ असार (रासस) ः सरकारबाट कलाको विकासका लागि यथेष्ट सहयोग प्राप्त नभएपनि यस क्षेत्रको विकासको सम्भावना रहेको नेपाल कला परिषद्ले जनाएको छ । कलाकारले आफूहरुले सिर्जना गरेको चित्र, मूर्ति तथा काष्ठकला जनसमक्ष ल्याउने प्रमुख थलोका रुपमा परिषद्को विसं २०१९ मा स्थापना भएको हो । प्रारम्भका दिन वरिष्ठ कलाकार लैनसिंह...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताउनुभएको छ । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उहाँले भन्नुभयो, “तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु ।” पूर्वप्रधानमन्त्रीहरुसँगको भेट अघि...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ गतेदेखि गर्न लाग्नुभएको चीन भ्रमणका क्रममा थप नाका खोल्नका लागि पहल गर्न नयाँ शक्ति पार्टीले आग्रह गरेको छ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले कैलाश जाने गोरखाको झालाङ र राईलगायत ओलाङचुङ्गोला, किमाथांका, लामाबगर, लार्के, मनाङ, मुगु,...बाँकी अंश →

चितवन, २ असार (रासस) ः नेकपा (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले संघीयता भने पनि बजेट केन्द्रमा सीमित भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले बजेट विकेन्द्रीकरण हुनु पर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । उहाँले देशमा आर्थिक क्रान्ति गर्ने भनिए पनि बजेट त्यस अनुरुप नभएको बताउनुभयो । महासचिव...बाँकी अंश →

काठमाडौँ, ३ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले स्वतन्त्र परराष्ट्र नीतिअनुसार नै छिमेकी मुलुकसँग सहकार्य गर्दै जाने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा छिमेकी मुलुकसँगको सम्बन्धलाई प्रगाढ बनाई नेपालको हितका पक्षमा...बाँकी अंश →

नेपालगन्ज, ३ असार ९रासस० ः शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जलाई नमूना शहर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बाँके जिल्ला समन्वय समितिले आज यहाँ आयोजना गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा उहाँले नेपालगन्जको विद्युत् अनियमितताको समस्या पनि छिट्टै अन्त्य गर्ने, औद्योगिक विकासका पूर्वाधार बढाउँदै जाने र सार्वजनिकस्तरका भौतिक पूर्वाधारको निर्माणका...बाँकी अंश →

पर्सा, ३ असार (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल सरकारले हालै सार्वजनिक गरेको बजेट संघीयता कार्यान्वयनप्रति उदासीन रहेको आरोप लगाउनु भएको छ । एभिन्युज टेलिभिजनले आज वीरगन्जमा आयोजना गरेको ‘संघीय बजेट’ विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बजेट संघलाई बलियो बनाउने हुनुपर्नेमा बजेटले उल्टै संघलाई कमजोर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: