०६ चैत २०८२

समाचार

‘प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक’

बेइजिङ, चीन, ७ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ । प्रधानमन्त्री ओली र उहाँका समकक्षी लिखछ्याङबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र दुई देशबीच भएका महत्वपूर्ण सम्झौतापछि आज आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका सहायकमन्त्री कोङ सुयन युले सम्झौता सकिएसँगै ग्रेट...बाँकी अंश →


पार्टी नेतृत्वलाई एक हुन जिल्ला सभापतिको आह्वान

हेटौंडा, ७ असार (रासस) ः नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले नेतृत्वलाई मन, वचन र कर्मले एक हुन आह्वान गर्नुृभएको छ । यहाँ आज साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिको राष्ट्रिय भेलामा साँझसम्ममा बोल्ने ७७ मध्ये ७४ सभापतिले पार्टीको नेतृत्वमा सधैँ पार्टी एक ढिक्का बनाउन आत्मादेखि प्रतिबद्धता हुनुपर्नेमा...बाँकी अंश →


गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा क्षमा नदिने गरी कानून बनाउने

काठमाडौँ, ७ असार (रासस) ः कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई क्षमा नदिने गरी कानून बनाउने तयारी गरेको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना, गैरकानूनी हत्या, व्यक्ति बेपत्ता पार्ने, यातना दिने र जबर्जस्ती करणी वा अन्य यौनजन्य हिंसामा पीडित र पीडकबीच सहमति भए पनि...बाँकी अंश →


चिनियाँ सहयोगमा तीन जिल्लामा थप नमूना विद्यालय बन्ने

काठमाडौँ, ७ असार (रासस) ः छिमेकी मुलुक चीनले छात्रावाससहित रसुवा, सिन्धुपाल्चोक र दोलखामा थप तीन नमूना सामुदायिक विद्यालय निर्माण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक भ्रमणका क्रममा आज बेइजिङमा भएको द्विपक्षीय वार्तामा ती विद्यालय बनाउनेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भयो । चीनले गोरखा भूकम्पअघि १० र भू्कम्पपछि सात...बाँकी अंश →


प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडीविरुद्ध आरोपपत्र

काठमाडौँ, ७ असार (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त दरबारमार्ग, काठमाडौँका प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रु २४ हजार र सोहीबराबर जरिवाना माग दावीसहित आज विशेष अदालत काठमाडौंँमा आरोपपत्र दायर गरेको छ । अभियुक्त ऐडीले व्यवसाय सञ्चालन गरेवापत सेवाग्राहीसँग घुस र...बाँकी अंश →


पहिरोका कारण दिक्तेल–पाथेका सडक अवरुद्ध

खोटाङ, ७ असार (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने दिक्तेल–पाथेका सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । गत जेठ ३० गते राति परेको भारी वर्षासँगै उक्त सडकखण्डको चार स्थानमा झरेको पहिरो हालसम्म हटाउन नसक्दा यातायात सेवा अवरुद्ध हुनाका साथै पैदल यात्रुलाई समेत सास्ती भएको हो...बाँकी अंश →


लोथापोथा पर्व शुरु

दौलतपुर, मोरङ, ७ असार (रासस) ः राजवंशी समुदायले मनाउने लोथापोथा पर्व आजदेखि शुरु भएको छ । राजवंशी समाज विकास समितिद्वारा आज मोरङको रंगेली नगरपालिका–२ दौलतपुरमा पूजाको आयोजना गरेर सो पर्व शुरु गरिएको हो । तराईमा बसोबास गर्ने आदिवासी जनजाति राजवंशी समुदायमा मनाइने यो पर्व ‘लोथापोथा गौर’ भन्नाले पर्वको शुरुवात हो...बाँकी अंश →


मन्त्री बाँस्कोटाद्वारा सदस्य दुवाडीलाई शपथ

काठमाडौँ, ७ असार (रासस) ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाउनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ गराउनुभएको हो । शपथ ग्रहण कार्यक्रमपछि मन्त्री बाँस्कोटाले प्राधिकरण मुलुकको दूरसञ्चार विकासको मस्तिष्क भएको बताउँदै डिजिटल र समृद्ध नेपाल...बाँकी अंश →


दुई सय कर्मचारी स्वेच्छिक अवकाशको निवेदन फिर्ता लिदै

काठमाडौँ, ७ असार (रासस)ः स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले निवेदन फिर्ता लिन थालेका छन् । मन्त्रिपरिषद् बैठकबाट स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीले सरकारको आग्रह पछि निवेदन फिर्ता लिन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म १९३ कर्मचारीले निवेदन फिर्ता...बाँकी अंश →


नेपाली कम्युनिष्ट एकतालाई विश्व कम्युनिष्ट आन्दोलनले आत्मसाथ गर्ने –प्रधानमन्त्री

बेइजिङ, ७ असार (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका’ विषयमा सम्बोधन...बाँकी अंश →


मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने

बाबियाचौर, म्याग्दी, ७ असार (रासस) ः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दीको मालीका गाउँपालिका– ६ दरबाङमा आज समाजकल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना...बाँकी अंश →


वन क्षेत्रबाट पाँच हजार रोजगारी सिर्जना गरिने

विराटनगर, ७ असार (रासस) ः प्रदेश नं १ को सरकारले उपलब्ध वन क्षेत्रबाट पाँच हजार जनाका निम्ति रोजगारी सिर्जना गर्ने नीति लिएको छ । प्रदेश नं १ को कूल गार्हस्थ उत्पादनमा सार्थक योगदान दिनसक्ने देखिएकाले रोजगारी सिर्जना गर्नका लागि ‘एक पालिका एक फर्निचर उद्यम’ तथा ‘एक उपभोगता समूह एक वन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter