शनिबार, ०५ जेठ २०८१

पहिरोका कारण दिक्तेल–पाथेका सडक अवरुद्ध

७ असार २०७५, बिहीबार १८:३३ मा प्रकाशित

खोटाङ, ७ असार (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने दिक्तेल–पाथेका सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

गत जेठ ३० गते राति परेको भारी वर्षासँगै उक्त सडकखण्डको चार स्थानमा झरेको पहिरो हालसम्म हटाउन नसक्दा यातायात सेवा अवरुद्ध हुनाका साथै पैदल यात्रुलाई समेत सास्ती भएको हो ।

ढुंगेचौतारा–हरेलोडाँडा–पाथेका हुँदै फेदकोसम्म १६ किलोमिटर सडक पहिरोका कारण जङ्गल नै बगाएर सडकमा थुपारिदिएपछि पैदल यात्रुलाई समेत बाटो छिचोल्नु समस्या भएको हो ।

डिटिएमपीअन्तर्गत २०६९ सालदेखि सञ्चालन भएको सो सडक पहिरोले अवरुद्ध भएपछि मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन बन्द भएको वडाध्यक्ष मगाधन राईले बताउनुभयो ।

पहिरोका कारण साविकको फेदी, खार्ताम्छा, पाथेका, बाक्सिला, बास्पानीलगायतका यात्रुलाई सदरमुकाम हुँदै काठमाडौँ आवतजावत गर्न समस्या भएको छ । लगातारको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter