०६ चैत २०८२

समाचार

दुर्घटनामा परी १५ यात्रु घाइते

नवलपरासी, ९ असार (रासस) ः पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते...बाँकी अंश →


बुद्ध एयरद्वारा नेपालगञ्ज–नयाँ दिल्ली उडानका लागि निवेदन

काठमाडौँ, ८ असार (रासस) ः बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ । बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति...बाँकी अंश →


तिब्बत सरकारबाट नेपाललाई सहयोग हुने

ल्हासा, चीन, ८ असार (रासस) ः चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच आज भेटवार्ता भएको छ । नेपाली प्रतिनिमण्डल र तिब्बत सरकारका अध्यक्षबीच इन्टरकन्टिनेन्टल कन्फेरेन्स सेन्टरमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष एवं ऐतिहासिक रहेको...बाँकी अंश →


दुई देशबीच भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धताको स्वागत’

काठमाडौँ, ८ असार (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विगतमा दुई देशबीचमा भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गर्न गरिएको प्रतिबद्धताको स्वागत गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालयमा आज बसेको पदाधिकारी बैठकले पारवाहन, व्यापार, रेल, बिजुली, पर्यटन र पूर्वाधारसम्बन्धी सम्झौतालाई अगाडि बढाउने...बाँकी अंश →


सामाजिक सञ्जालमा जथाभावी सामग्री नराख्न आग्रह

काठमाडाँै, ८ असार (रासस) ः प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा जथाभावी अशिष्ट र भ्रामक सामग्री नराख्न सञ्चारकर्मीलाई आग्रह गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाले आज प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी...बाँकी अंश →


मितेरी पुल निर्माण हुने ः नाका खुल्ने भएकोमा सिन्धुपाल्चोकवासी खुशी

काठमाडौँ ८ असार (रासस) ः चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी भएका छन् । ‘गोरखा भूकम्प’पछि बन्द भएको सो नाका खुलाउने र मितेरी पूल निर्माण गर्ने विषयमा सहमति भएको जानकारी पाएपछि उनीहरु...बाँकी अंश →


प्रशासकीय अदालतसम्बन्धी विधेयक स्वीकृ

काठमाडौँ, ८ असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकले ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङको तर्फबाट श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृति दिएको हो । उक्त...बाँकी अंश →


ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ, ८ असार (रासस) ः नेपाल विद्युत्् प्राधिकरणले शनिबार ठमेललगायत एक दर्जन स्थानमा विद्युत्् आपूर्ति बन्द हुने बताएको छ । प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले शनिबार बिहान ८ बजे देखि साँझ ५ बजेसम्म विद्युत्् आपूर्ति बन्द हुने भएको हो । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका...बाँकी अंश →


संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

काठमाडौँ, ८ असार (रासस) ः संघीय संसद्को आजको संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको आज भएको संयुक्त बैठकले उक्त नियमावली बहुमतले पारित गरेको हो । बैठकमा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति...बाँकी अंश →


नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

ल्हासा, चीन, ८ असार (रासस) ः चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री...बाँकी अंश →


बुटवल उपमहानगरपालिकाको आधुनिक भवन बन्दै

बुटवल, ८ असार (रासस) ः बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गर्ने भएको छ । करीब तीन बिगाहा क्षेत्रफलमा निर्माण हुने सो भवनमा प्रमुख प्रशासनिकसहित अरु छ वटा ब्लक रहनेछ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माण हुन लागेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार विसीले बताउनुभयो ।...बाँकी अंश →


भूकम्पपीडितको राहतका कार्य परिणाममुखी र प्रभावकारी हुनुपर्ने

प्रभाषचन्द्र झा विराटनगर, ८ असार (रासस) ः भूकम्पबाट प्रभावित प्रदेश नं १ का जिल्लालाई अतिप्रभावित जिल्लाका रुपमा दर्जा दिएर अनुदानको रकम उपलब्ध गराउनुपर्ने माग गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यस प्रदेशका भूकम्पबाट प्रभावित छ जिल्लामध्ये मात्र ओखलढुङ्गा जिल्लालाई अतिप्रभावित र अन्य भोजपुर, धनकुटा, सोलुखम्बु, सङ्खुवासभा र खोटाङ जिल्लालाई कम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter