मङ्गलबार, २५ बैशाख २०८१

दुई देशबीच भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धताको स्वागत’

८ असार २०७५, शुक्रबार २३:४१ मा प्रकाशित

काठमाडौँ, ८ असार (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विगतमा दुई देशबीचमा भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गर्न गरिएको प्रतिबद्धताको स्वागत गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालयमा आज बसेको पदाधिकारी बैठकले पारवाहन, व्यापार, रेल, बिजुली, पर्यटन र पूर्वाधारसम्बन्धी सम्झौतालाई अगाडि बढाउने प्रतिबद्धतालाई सकारात्मक रुपमा लिएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

अपेक्षानुरुप यही भ्रमणमा पारवाहन सन्धि हुन नसकेको र पेट्रोलियम पदार्थ आपूर्तिको वैकल्पिक व्यवस्थाबारे उल्लेख नभएकामा बैठकले चिन्ता व्यक्त गरेको छ । पार्टीले यही असार २८ गतेदेखि असोज मसान्तसम्म ‘हिन्दू राष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।

हिन्दूराष्ट्र पुनःस्थापनाको पक्षमा दवाव सिर्जना गर्न आगामी फागुन ७ देखि ‘हिन्दूराष्ट्र पुनस्र्थापना जनसंघर्ष’ गरिने तथा सोका लागि विभिन्न तहमा भेला, प्रशिक्षण, आमसभा र घरदैलो कार्यक्रम सञ्चालन गरिने छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter