मङ्गलबार, २५ बैशाख २०८१

मितेरी पुल निर्माण हुने ः नाका खुल्ने भएकोमा सिन्धुपाल्चोकवासी खुशी

८ असार २०७५, शुक्रबार २३:२६ मा प्रकाशित

काठमाडौँ ८ असार (रासस) ः चीन सरकारले सिन्धुपाल्चोकको तातोपानी नाका खोल्ने लक्ष्यका साथ मितेरी पुल निर्माण गर्ने सम्झौता भएपछि सो क्षेत्रका उद्योगी, व्यवसायी, सरोकार भएका व्यक्ति तथा निकाय खुशी भएका छन् ।

‘गोरखा भूकम्प’पछि बन्द भएको सो नाका खुलाउने र मितेरी पूल निर्माण गर्ने विषयमा सहमति भएको जानकारी पाएपछि उनीहरु हर्षित भएका हुन् । भूकम्पपछि असुरक्षाको कारण देखाउँदै चीन सरकारले सो नाका बन्द गरी रसुवागढी नाका मात्रै सञ्चालनमा ल्याएको थियो ।

नेपाल र चीन जोड्ने छोटो र सहज नाका भएपनि लामो समयदेखि बन्द हुँदा सयाँै नागरिकको रोजगारी मात्रै नभई मुलुकका लागि ठूलो परिमाणको राजस्व समेत गुमेको थियो ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा बिहीबार तातोपानीको मितेरी पुल चीन सरकारले निर्माण गरिदिने सम्झौता भएको छ ।

सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूले हस्ताक्षर गर्नुभएको छ । यस्तै, रसुवागढीको मितेरी पुल समेत चीन सरकारले नै निर्माण गरिदिने सम्झौता भएको छ ।

नाका खोल्ने उद्देश्यका साथ केही समय पहिलेदेखि नाका नजिकै रहेको लार्चा सुक्खा बन्दरगाह निर्माणको काम समेत शुरु भएको छ । नेपाल इन्टर मोडल यातायात समिति र चिनियाँ अधिकारीको सहमतिपछि लार्चा बन्दरगाहको काम शुरु भएको हो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter