०९ चैत २०८२

समाचार

सशस्त्र प्रहरी बल द्धारा मर्चवारमा बृक्षा रोपन

रुपन्देही १०  भादौ ।     जिल्ला बन कार्यालय रुपन्देहीको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बरौतीको परीसर भित्र रहेका बिभिन्न जातका १ लाख ६० हजार बिरुवाहरु उत्पादन गरी सम्मरी माई गाउपालिका, कोटहीमाई गाउपालिका, मर्चवारी गाउपालिका तथा मायादेबी गाउपालिका का स्थानिय बासीहरुलाई बितरण गरिएको छ । बितरण गरी बाकी बचेका...बाँकी अंश →


खाद्य अधिकारसम्बन्धी विधेयक २०७५ स्वीकृत

काठमाडौँ, १० भदौ ,,  सङ्घीय संसद् प्रतिनिधिसभाले खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकको सैद्धान्तिक छलफलमा भाग लिनुहुँदै सांसदहरुले खाद्यको पोषण मापदण्ड तोकिनु पर्ने, भोकमरीबाट कोही पनि मर्न नहुने, खाद्य अधिकारको परिभाषा तोकिनु पर्ने, सिँचाइ सेवा...बाँकी अंश →


मन्त्री पुनलाई प्रश्न ? महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर

काठमाडौँ, १० भदौ ,,    “मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह ग¥यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र रु” पाँचथरबाट सन्तोष नेपालीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई टेलिफोन गरेर गुनासो गर्नुभयो । मन्त्री पुनले नियमित टेलिफोनमा गुनासो सुन्ने र...बाँकी अंश →


बैंकमा तालाबन्दी

जनकपुरधाम, १० भदौ ,,   प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गर्नुभएको छ । प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी भदौ १० गते रक्षा बन्धनका दिन बिदा घोषणा गरे पनि सङ्घीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्न...बाँकी अंश →


पर्यटकीय गन्तव्यका लागि गुरुयोजना

काठमाडौँ, १० भदौ ,,   सरकारले सीमित क्षेत्रमा केन्द्रिकृत भएको पर्यटन गतिविधिलाई विस्तार गर्ने उद्देश्यका साथ सातवटै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य छनोट गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्नेगरी नमूना पर्यटन गन्तव्य पहिचान गरी पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार गरेको हो । पर्यटन मन्त्रालयले हालै...बाँकी अंश →


अझै व्यवस्थित भएन सेमेस्टर प्रणाली

काठमाडौँ, १० भदौ ,,  पर्वतका मनहरी शर्मा सेमेस्टर प्रणाली अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो । दुई वर्षमा सकिने भनेको स्नातकोत्तर तहको अध्ययन अहिलेसम्म नसकिँदा उहाँ निकै चिन्तित हुनुुहुन्छ । हाल उहाँ अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै हुुनुहुन्छ । शुरुमा भर्ना हुँदा उहाँमा ठूलो उमंग र उत्साह...बाँकी अंश →


फौजदारी र देवानी संहिताका कमजोरी हटाइनुपर्छ ,, डा भट्टराई

काठमाडौँ, १० भदौ ,,   प्रतिनिधिसभाका सदस्य डा बाबुराम भट्टराईले फौजदारी र देवानी संहितामा भएका कमजोरी एवं त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा विशेष समय लिएर उहाँले विधेयकमा गम्भीर छलफल नगरी पारित गर्दा कार्यान्वयनका बेला समस्या आउने गरेकाले आवश्यकताबमोजिम बहस हुनुपर्नेमा जोड दिनुभयो । संसद्मा दर्ता भएका विधेयकमा...बाँकी अंश →


प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन हुनुपर्छ,, देउवा

काठमाडौँ, १० भदौ ,,   प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गर्नुभएको छ । आजको बैठकमा विशेष समय लिएर नेता देउवाले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ हुन नसक्ने भएकाले कानून संशोधनको तयारी शुरु गर्न माग गर्नुभयो...बाँकी अंश →


साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा सहयोग गरिने

काठमाडौँ, १० भदौ ,,   नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार, पर्यटन क्षेत्र, जलविद्युत् र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउनुभएको छ । आफ्नो निवास खुमलटारमा अमेरिकी दक्षिण तथा मध्यएशिया मामिला उपसहायकमन्त्री एलिस जी वेल्ससँगको भेटमा उहाँले नेपाल सरकारका तर्फबाट लगानीको सुरक्षा गरिने...बाँकी अंश →


वार्षिक पौने छ अर्बको काठ आयात

काठमाडौँ, १० भदौ ,,  वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै रु पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ । भन्सार विभागका अनुसार आव २०७४÷७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग...बाँकी अंश →


औषधिको मूल्य सरकारले तोक्ने ,, स्वास्थ्यकर्मीले ‘जेनेरिक’ नाम दिनुपर्ने

काठमाडौँ, १० भदौ ,,   वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु प¥यो । विशिष्ट व्यक्तिले सेवा लिन जानु प¥यो । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन् ।” “विदेश उपचार गर्न जानुपरे उहाँहरुको निजी खर्च होस् । प्रस्तुत विधेयकमा (जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको...बाँकी अंश →


गैह्र सैनिकलाई छात्रवृत्ति र रोजगारी

काठमाडौँ, १० भदौ ,,    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले एक वर्षको अवधिमा गैह्र सैनिकतर्फ रु ६ करोड २९ लाख ४९ हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । उक्त संस्थानमा आव २०७४÷७५ मा ९६ गैह्र सैनिकका सन्ततिलाई अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको सैनिक कल्याणकारी कोषले जनाएको छ । सोही...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter