०९ चैत २०८२

समाचार

प्रयत्न टूर एंड ट्रावल्ज़ को उद्घाटन

काठमाण्डू भदौ २० ,,   काठमाण्डू नर्सिंग चौक आज १२ बजे दिन प्रयत्न टूर एंड ट्रावल्ज़ प्रा.लि. को उद्घाटन तिलवात ए कलाम ए पाक बाट फ़र्म का संचालक मोहम्मद अली ज्यू आफै गरणु भयो, यस पश्चात केक काटना को लागी , थमेल का जेम व्यापारी सईद क़ाज़ी नदवी , प्रोफ़ेसर मोहम्मद...बाँकी अंश →


पोल्याण्डद्वारा सैन्य सहकार्यको प्रस्ताव

काठमाडौँ, २० भदौ ,,    पोल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज त्यहाँका रक्षामन्त्री मारिउस्ट व्यास्टाकले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गर्नुभएको छ । जवाफमा उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले सञ्चालन गर्ने स्टाफ कमाण्डो तालीम, माउन्टेन वारफेर तालीम र प्यारा वेसिक तालीम पोलिस...बाँकी अंश →


प्रेसलाई असर पार्ने ‘फौजदारी’ संहिताका बुँदा संशोधन गर्न माग

काठमाडौँ, २० भदौ,,   नेपाल पत्रकार महासङ्घ काठमाडाँै शाखाले मुलुकी ‘फौजदारी’ संहिता ऐन २०७४ को केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्ने देखिएको भन्दै संशोधन गर्न माग गरेको छ । महासङ्घको काठमाडौ शाखाले संशोधनको माग गर्दै आज जिल्ला प्रशासन कार्यालयकामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला...बाँकी अंश →


कृषि मन्त्रीको पहलमा भारत बाट आयातित घिउ को भाव आकासियो, स्वदेशी उत्पादक हरु लाई राहत

भदौ २० काठमाडौं । स्वदेशी घ्युलाई प्रवर्धन गर्न भारतबाट आयातीय घ्युको मूल्य बढ्ेको छ । न्यून विजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घ्युलाई नेपाली घ्युले प्रतिष्धापन गर्न मुल्यांकन बढाएर महंगो बनाइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको विशेष आग्रहमा अर्थमन्त्रालयले बाबा रामदेवले सञ्चालन गरेको पतन्जलीको...बाँकी अंश →


गृहमन्त्री थापाद्वारा पाँच प्रतिवेदन पेश

काठमाडौँ, २० भदौ ,,   प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा आव २०७३÷७४ का पाँचवटा वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । त्यसैगरी, उहाँले नेपाल सरकारको सुशासन प्रतिवेदन र...बाँकी अंश →


‘स्मार्ट लाइसेन्स’ छाप्ने ‘मास प्रिन्टर’ ल्याइँदै

काठमाडौँ, २० भदौ ,,    यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् । हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’ को माग छ । विभागले भने एक हजार ४०० मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार...बाँकी अंश →


सैनिक अभ्यास सम्बन्धमा ध्यानाकर्षण

काठमाडौँ, २० भदौ ,,   प्रतिनिधिसभामा सांसदहरुले भारतको पुनामा हुन लागेको बिम्स्टेक राष्ट्रका सैनिकको अभ्यासदेखि बाँदर आतङ्क, बलात्कार, बाढीपहिरोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पहिलो वक्ताको रुपमा भाग लिँदै सांसद भीमबहादुर रावलले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन भव्यताका...बाँकी अंश →


‘स्मार्ट पार्किङ’ न्यूरोडमा

काठमाडौँ, २० भदौ ,,   काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ...बाँकी अंश →


बिम्स्टेक मुलुकबीच सैन्य अभ्यासको निर्णय भएको छैन ,, मन्त्री ज्ञवाली

काठमाडौँ, २० भदौ ,,   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चांैथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश नभएको बताउनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सम्मेलनबाट पारित विषयबारे जानकारी गराउँदै मन्त्री ज्ञवालीले बाहिर सञ्चारमाध्यममा आएजस्तो बिम्स्टेक मुलुकका...बाँकी अंश →


बन्द सरकारी उद्योग पुनःसञ्चालन गरिने ,, उद्योग मन्त्री

काठमाडौँ, २० भदौ ,, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा आज कुरा गर्दै उहाँले कानून विपरीत जनताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तु उत्पादन र बिक्रीलाई...बाँकी अंश →


दलितलाई मन्दिर प्रवेशमा रोकको विरोध

वीरगञ्ज,२० भदौ ,,   नेपालको संविधानको धारा २४ ले जातीय छुवाछूतलाई निषेध गरेको भएपनि दलितलाई मन्दिरमा प्रवेश गर्न रोक लगाउने काम बारा जिल्लामा यथावत् रहेको छ । संविधानको यस धाराले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको...बाँकी अंश →


ऊर्जामन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौँ, २० भदौ ,,   बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभयो । बङ्गलादेशमा रहँदा उहाँले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्नुहुनेछ । यस्तै...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter