सोमबार, २४ बैशाख २०८१

ऊर्जामन्त्री बङ्गलादेश प्रस्थान

२० भाद्र २०७५, बुधबार १४:५३ मा प्रकाशित

काठमाडौँ, २० भदौ ,,   बङ्गलादेशको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।

बङ्गलादेशमा रहँदा उहाँले ऊर्जा सप्ताहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअवसरमा मन्त्री पुनले नेपाल र बङ्गलादेशबीच ऊर्जा आदानप्रदानसम्बन्धी द्विपक्षीय विषयमा समेत छलफल गर्नुहुनेछ ।

यस्तै ऊर्जामन्त्री पुनले भ्रमणका क्रममा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत त्यहाँका राजनीतिक नेतृत्वसँग पनि द्विपक्षीय हितका विषयमा छलफल गर्नुहुनेछ । नेपाली प्रतिनिधिमण्डल यही भदौ २३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter