१० चैत २०८२

समाचार

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

लस एन्जलस, २९ भदौ (रासस/एएफपी):  स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको...बाँकी अंश →


पन्तको हत्यारा केही समयभित्र पत्ता लाग्छःगृहमन्त्री

काठमाडौँ, २९ भदौ : गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताउनुभएको छ । पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री थापाले दोषीमाथि कारवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । कञ्चनपुरकी पन्तको बलात्कारपछि हत्या गरिएको थियो । पन्तको कसले बलात्कार...बाँकी अंश →


लमजुङ–मनाङ सडक अवरुद्ध

लमजुङ, २९ भदौ,,   पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको छ । बेँसीशहरदेखि मनाङ सिमाना च्याम्चेसम्म दर्जनाँै ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ । पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक बगाएपछि सो खण्डमा यातायात सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ । कतिपय ठाउँमा चट्टान फोरेर सडक बनाउनु पर्ने अवस्था...बाँकी अंश →


तीर्थयात्री र पर्यटकको बिचल्ली

मुस्ताङ, २९ भदौ ,,    बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो । दर्जनाँै ठाउँमा पहिरा जानुका साथै...बाँकी अंश →


सातै प्रदेशमा प्रहरी विद्यालय

काठमाडौँ, २९ भदौ ,,   नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो । पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश सङ्घीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी...बाँकी अंश →


खुला दिसामुक्त हुन सकेन मलङ्गवा

सर्लाही, २९ भदौ ,,   जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४÷७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुन नसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता...बाँकी अंश →


नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, २९ भदौ ,,    पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी...बाँकी अंश →


ठूला कार्यालयमा विद्युत् नजाने

काठमाडौँ, २९ भदौ ,,   नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले बिहीबार यहाँ आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म भएका उपलब्धिहरू एवं देखिएका चुनौती’ विषयक अन्तरक्रियामा उहाँले बेलाबेलामा भइरहने विद्युत् कटौतीलाई अन्त्य गरी चाँडै नै...बाँकी अंश →


दलगत राजनीती अन्त्यगर्ने बिशुद्ध मेनपावर व्यवसायी संघ निर्माणगर्नेतिर अग्रसर

भादौं २८ काठमांडू , बैदेशिक रोजगार व्यवसाय मा निरंतर राजनीती र दलाली को कारण एकतिर जहाँ व्यवसाय चौपट भईसके छ वहीँ अर्को तिर ठुलो र साना व्यवसायी को बीच खाड़ी निर्माण भई रहेको छ, केही ठुला माछा हरु का कारण सरकार ६ करोड़ धरौटी काएम गर्ने तिर अग्रसर छ ,...बाँकी अंश →


नयाँ आइफोन सार्वजनिक

कुपरटिनो, क्यालिफोर्निया, २८ भदौ ,,    अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक...बाँकी अंश →


साङ्गठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्षद्वयलाई

काठमाडौँ, २८ भदौ ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले...बाँकी अंश →


नेपालले सङ्घीयता धान्नै सक्दैन ,, चित्रबहादुर केसी

धनगढी, २८ भदौ ,,   राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उहाँले सङ्घीयताको विरोध नगर्न भन्दै आफूलाई तत्कालीन समयमा रु १० करोडको लोभ देखाइएको दाबीसमेत गर्नुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter